पश्चिम भारतमा सडक दुर्घटना १२ जनाको मृत्यु | Khabarhub Khabarhub

पश्चिम भारतमा सडक दुर्घटना १२ जनाको मृत्यु


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ ।

शनिबार बिहान ३: ३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको जनाइएको छ । बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको थियो ।

उक्त दुर्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो । चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ, । छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ५ : ३३ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका