सलमानदेखि कट्रिनासम्म जसले स्कुल गएर पढेनन् ! | Khabarhub Khabarhub

सलमानदेखि कट्रिनासम्म जसले स्कुल गएर पढेनन् !


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय फिल्म उद्योगका बारेमा नेपालीहरुले विशेष चासो राख्ने गरेका छन् । अधिकांश जसो भारतीय फिल्महरु नेपाली सिनेमा हलहरुमा प्रदर्शन हुने गरेका छन् । कतिपय नेपाली दर्शकले त नेपाली नभइ हिन्दी फिल्ममात्र हेर्नेसमेत गरेको पाउन सकिन्छ ।

भारतीय फिल्म उद्योमा चर्चामा रहेका अभिनेता अभिनेत्रीहरुको जीवनशैली, कमाई, अध्ययन, दैनिकीका बारेमा आम रुपमा चासो हुनु स्वभाविक पनि हो ।

भारतीय फिल्ल उद्योगमा अहिले चर्चामा रहेका कलाकारहरुको शैक्षिक योग्यता वा उनीहरुले कति पढेका छन् भन्ने बारे तपाईंलाई जानकारी छैन भने आज हामी त्यसलाई प्रश्तुत गरिरहेका छौं । विभिन्न भारतीय अनलाईनमा आएका कलाकारहरुको शैक्षिक योग्ताबारे यहाँ उल्लेख गरिएको छ ।

आमिर खान– खान साढे २ दशक भन्दा बढी समयदेखि फिल्मी क्षेत्रमा छन् । उनले कुन विद्यालयमा कहिले र कति पढे भन्ने रेकर्ड छैन । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्ताका क्रममा उनले विद्यालयसँग आफ्नो कुनै नाता नरहेको बताएका छन् ।

सलमान खान– सिंधिया स्कुल ग्वालियर र सेन्ट स्टीन्सलाँ स्कुल मुम्बइपछि उनले नेश्नल कलेज मुम्बइमा भर्ना भए । तर त्यसपछि उनी कलेज गएका छैनन् । सलमानले माध्यामिक शिक्षासम्म अध्ययन गरेका छन् ।

अक्षय कुमार– अक्षय खालसा कलेज मुम्बइमा ११ कक्षामा भर्ना भए । तर त्यसपछिको उच्चशिक्षाबाट उनी टाँढै छन् । एक अन्तरर्वार्तामा उनले भनेकाछन्, ‘विद्यालय शिक्षालाई प्राथमिकता दिइन र अनुशासन नै ठूलो कुरा हो ।’

कट्रिना कैफ– अभिनेत्री कटरीना क्याफ पनि विद्यालय जान पाइनन् । ७ भाइबहिनीमा उनी एक हुन् जो सानै उमेरमा परिवारसँग अलग हुनु परेको थियो । उनी १४ वर्षकै उमेरमा मोडलिङ क्षेत्रमा लागेकी थिइन् । जसका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।

दीपिका पादुकोण– माध्यमीक स्तरको पढाइमा हासिल गरेकी छिन् । सोफिँया स्कुल बैंलोरबाट विद्यालय तहको शिक्षा उनले प्राप्त गरेकी हुन् ।

करिश्मा कपुर– एकपछि अर्को हिट फिल्म गरेकी करिश्माले मात्र ६ कक्षा पढेकी छन् ।

अर्जुन कपुर– अर्जुन पनि १२ कक्षा फेल भएका अभिनेता हुन् । बलिउडमा जमेका उनी उच्चशिक्षामा भन्दा पनि फिल्मी क्षेत्रमा बढी लगाव भएका कलाकारमा पर्दछन् ।

आलिया भट्ट– आलियाले पनि विद्यालय तहको शिक्षा लिएकी छन् । सानै उमेरमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनले विद्यालयपछि कलेजको शिक्षालाई निरन्तरता दिन भ्याइनन् ।

कंगना रनौत– कंगनाले पनि उच्च शिक्षामा पछि परेकी छन् । उनी १२ कक्षामा फेल भएकी थिइन् । फेल भएपछि उनले पढ्ने मानसिकता नै त्यागेकी हुन् ।

काजोल– अभिनेत्री काजोल पनि कम अध्ययन गरेकी अभिनेत्रीभित्र नै परेकी छन् । उनले पनि विद्यालय तहको शिक्षा मात्रै हासिल गरेकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ५ : १२ बजे

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ