गीत हटाएपछि दुर्गेश थापा छुटे, चौबीस घण्टामा नयाँ भर्सनमा अपलोड गर्ने | Khabarhub Khabarhub

गीत हटाएपछि दुर्गेश थापा छुटे, चौबीस घण्टामा नयाँ भर्सनमा अपलोड गर्ने


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहारको अवसर पारेर बजारमा ल्याएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ विरुद्ध उजुरी परेपछि गायक दुर्गेश थापा तनावमा परेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले गायक थापालाई फोन गरेर सम्पर्कमा आउन भनेको थियो ।

सोमबार खबरहबसँग कुराकानी गर्दै गायक थापाले आफू मंगलबार (आज) महानगरीय प्रहरी परिसर, काठमाडौं जाने बताएका थिए । आज उनी आफ्नै गाडीमा प्रहरी परिसर पुगेका थिए ।

महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सहकुल थापाले सम्पर्कमा आएका थापालाई नियन्त्रणमा लिएको खबरहबलाई बताएका थिए ।

प्रहरीको नियन्त्रणमा रहेका गायक थापाले परिसरभित्रै मोबाइलबाट गीत डिलिट गरेपछि छुटेका छन् । उनका अनुसार प्रहरीले उनलाई गीतमा प्रयोग भएको ‘बियर’ र ‘गाँजा’ जस्ता शब्द हटाएर पुनः अपलोड गर्न अनुमति दिएको छ ।

‘कानूनबाट भाग्न सकिँदैन, जहाँ भए पनि समाउँछ, खासमा यो ठूलो इस्यु पनि थिएन, मिडियामा यो समाचार ठूलोजस्तो बनेर आयो,’ गायक थापाले भने, ‘काम गर्दै जाँदा कहिलेकाहीँ खुट्टा लरखराउँछ, त्यो गल्ती स्वीकार्नुपर्छ ।’

गायक थापाले आफू गाडी लिएर प्रहरी परिसर पुगेको तर मिडियामा बालाजुबाट पक्राउ गरिएको भन्ने समाचार आएको गलत भएको बताए । उनले आफ्नो गाडी देखाउँदै भने, ‘म आफै यहाँ आएको हुँ, बालाजुबाट पक्राउ गरिएको होइन,’ उनले भने ।

यो घटनाले आफू थप सचेत भएको गायक थापाको भनाइ छ । प्रहरीले आफूलाई गाँजा शब्दको खुलेआम प्रचार नगर्न भनेको र आफूले अबका दिनमा थप सचेत बन्दै संगीत सिर्जना गर्ने बताए ।

‘उहाँहरुले गाँजा शब्दलाई खुलेआम प्रचार गर्न पाइँदैन, गीतका शब्द हटाएर पुनः अपलोड गर्नुस् भन्नुभयो,’ उनले भने, ‘मैले ती शब्द हटाएर चौबीस घण्टाभित्र अपलोड गर्छु ।’

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ५७ बजे

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले