चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकः ऋण थपिँदै, व्यापार घाटा बढ्दै | Khabarhub Khabarhub

चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकः ऋण थपिँदै, व्यापार घाटा बढ्दै



काठमाडौं– सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ५९ अर्ब ३९ करोड खर्च गरेको छ । कुल खर्च मध्ये चालु खर्च ५३ अर्व ६६ करोड रहेको छ भने विकास बजेट ५ अर्व १३ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु खर्चभन्दा पूजिगत खर्च कम हुने अवस्था चालु आर्थिक वर्षको पहिलो २ महिनामा समेत देखिएको छ । पहिलो २ महिनामा सरकारले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण शीर्षकमा १८ अर्व ४६ करोड रुपैयाँ अनुदान शीर्षकमा पठाएको छ ।

पहिलो २ महिनासम्ममा १ खर्ब ३३ अर्व ५५ करोड रुपैयाँ राजश्व संकलन गरेको सरकारले करतर्फ १ खर्ब १९ अर्ब ६३ करोड र गैरकर राजस्व शीर्षकमा १३ अर्ब ९२ करोड उठाएको छ ।

थपिँदै ऋण, प्रतिव्यक्ति ऋण कति पुग्यो ?

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १० खर्ब ६८ अर्ब ११ करोड पुगेको छ ।

आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब ४९ करोड र वैदेशिक ऋण ६ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ सरकारले तिर्न बाँकी रहेको देखिएको छ ।

यसरी हेर्दा नेपालको जनसंख्याअनुसार प्रतिव्यक्ति ऋणको आकार बढेर ४० हजारभन्दा बढी पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले सावाँ र व्याज गरी ७८ करोड ७४ लाख तथा आन्तरिक ऋण तर्फ २ अर्ब २४ करोड व्याज तिरेको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा ६ अर्व ६६ करोड वैदेशिक अनुदान पाएको र वैदेशिक ऋण भने १६ अर्ब ८४ करोड लिएको छ ।

आयात निर्यातको असन्तुलन फराकिलो 

चालु आर्थिक वर्षको पहिलो २ महिनामा आयातको आकार बढिरहेको छ । गत साउनको तुलनामा १ दशमलव २ प्रतिशतले आयत बढेर २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

सरकारको रेकर्डअनुसार भारत र चीनबाट सबैभन्दा धेरै आयात हुने गरेको छ । कुल आयातमध्ये भारतबाट ६२ दशमलव ४ प्रतिशत र चीनबाट १७ दशमलव ७ प्रतिशत आयात भएको छ ।

त्यस्तै तेस्रो मुलुकबाट १९ दशमलव ९ प्रतिशत वस्तु तथा सेवा आयात भएको छ । तर अघिल्लो वर्षको पहिलो २ महिनामा ६२ दशमलव ९ प्रतिशत भारतबात र चीनबाट १२ दशमलव ५ प्रतिशत आयात भएको थियो ।

तेस्रो मुलुकबाट २४ दशमलव ५ प्रतिशत आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामै भारतबाट हुने आयात २ प्रतिशत र तेस्रो मुलुकबाट हुने आयत १९ दशमलव ८ प्रतिशतले घटेको छ । तर चीनबाट हुने आयात ३९ दशमलव २ प्रतिशतले बढेको छ ।

यसरी हेर्दा भारतसँग रहेको व्यापारघाटा अब चीनसँग हुने देखिएको छ । तयारी कच्चा पदार्थ, सुन, सिमेन्ट क्लिङ्कर, कोइला, चामल लगायतका वस्तुको आयात घटेको भएपनि कच्चा पाम तेल, ५० देखि १५० सिसि सम्मका मोटरसाइकल, मोबाईल फोन लगायतका वस्तुहरुको आयात भने डिजेलको आयात समेत २ प्रतिशतले बढेको छ ।

चीनबाट आयात बढ्यो, निर्यात भने घट्यो

सरकारी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल वुस्तु निर्यातमा २५ दशमलव ९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई खर्बभन्दा बढिको आयात हुँदा १८ अर्ब ५० करोड १९ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

भारततर्फ निकासी हुने बस्तुको आकार ४६ प्रतिशतले बढ्दा तेस्रो मुलुकमा हुने निर्यात समेत शुन्य दशमलव ६ प्रतिशतले बढेको छ तर चीनतर्फको निर्यात १७ दशमलव ४ प्रतिशतले घटेको छ । तर अघिल्लो महिना भएको चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला चीनसँग हुदै आएको व्यापारघाटा कम गर्न पहल गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई सुझाव समेत दिएको थियो ।

नेपालजस्ता अल्पविकसित मुलुकले पाउने सुविधाअनुसार शुन्य भन्सारमा नेपाली वस्तु चीनमा निर्यात गर्ने विषयमा छलफल गर्न सरकारलाई आग्रह गरिएको भएपनि छलफलले कस्तो नतिजा आयो भनेर सरकारले अहिलेसम्म जानकारी दिएको छैन ।

प्यान लिनेको संख्यामा उल्लेख्य वृद्धि

२०७६ साउन मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताहरुको संख्या २४ लाख ६ हजार सय २ रहेकोमा भदौ मसान्तसम्म बढेर २७ लाख ६२ हजार १ सय पुगेको छ ।

व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १२ लाख २ हजार तथा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ४ हजार २ सय ३३ पुगेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार भदौमा मात्रै २ लाख ७ हजारभन्दा बढीले स्थायी लेखा नम्बर लिएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : १० बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा