नेपाललाई २०३० सम्ममा मध्यम आयको देश बनाउन जापानले सहयोग गर्नेछ : राजदूत साइगो (अन्तर्वार्ता) | Khabarhub Khabarhub

नेपाललाई २०३० सम्ममा मध्यम आयको देश बनाउन जापानले सहयोग गर्नेछ : राजदूत साइगो (अन्तर्वार्ता)



नेपाल र जापानको कुटनीतिक सम्बन्ध वि.सं. २०१३ भदौ १७ गतेबाट स्थापित भएको थियो । नेपाल र जापानको सम्बन्ध खुला र स्वतन्त्र रहेको छ । एकाई कावागुचीले सन् १८९९ मा नेपालमा गरेको महत्वपूर्ण भ्रमणले नेपाल र जापानको कुटनीतिक सम्बन्ध अझ विस्तार भएको पाइन्छ । 

असल मित्रता, सम्मान र पारस्परिक मित्रताले दुई देशबीचको सम्बन्ध विकास भएको पाइन्छ । यसैगरी, जापानले नेपालको विकास निर्माण, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । 

यसै सन्दर्भ पारेर हामीले नेपालका लागि महामहिम जापानी राजदूत मासामिचि साइगोसँग कुराकानी गरेका छौं । 

नेपाल र जापानबीचको मित्रता, व्यापार, पर्यटन, दुईपक्षीय सहयोग लगायतका विषयमा राजदूत साइगोसँग खबरहबका लागि ईश्वरदेव खनालले गरेको कुराकानीको सम्पादित अंश–

नेपाल र जापानको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?

नेपाल र जापानले विसं २०१३ भदौ १७ गतै औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेका छन् । त्यतिबेला जापान र नेपाल दुबै देश नयाँ मुलक निर्माणको चरणमा रहेका थिए । दोस्रो विश्व युद्धपछि जापान र जापानी जनता भर्खरै उठ्ने तरखरमा थिए । जहाँ नेपालमा १०४ वर्षे राणा शासन समाप्त भई वीपी कोइरालाले प्रजातान्त्रिक पद्धतिको अभ्यास गर्दै गरेका थिए ।

नेपाल र जापानसँग यी भन्दा अघि पनि सम्बन्ध भई नै राखेको थियो । उदाहरणको लागि सन् १८९९ मा जापानी भिक्षु एकाई कावागुची नेपाल हुँदै तिब्बतको धार्मिक तथा पर्यटकीय भ्रमणका लागि गएका थिए ।

त्यस्तै, तत्कालिन राणा सरकाले ८ जना नेपाली विद्यार्थीलाई सन् १९०२ मा अध्ययनका लागि जापान पठाएको थियो । यसैगरी, सन् १९५६ मा सबैभन्दा पहिला मनास्लु हिमालको सफल आरोहण जापानी टोलीले नै गरेको थियो । यी विभिन्न कारणले नेपाल सधै नै जापानीहरुको हृदयमा बस्न सफल भएको छ ।

विगत ६ दशकमा विश्वले धेरै परिवर्तन, उतार–चढाव र विकास देखिसकेको छ । जापानले गरेको आर्थिक प्रगतिले विश्वमा छुट्टै छाप छोड्न सफल भएको छ ।

यसको साथै, जापानले एसिया लगायत विश्वका अरु देशमा स्थायित्व र संमृद्धिका लागि सहयोग गर्दै आएको छ । नेपाल पनि जहाँनिया शासनको अन्त्य गरी विकास र लोकतान्त्रिक पद्धति तर्फ अघि बढिरहेको छ ।

अहिलेको अवस्थामा, जापान र नेपाल आर्थिक सहकार्य गरिरहेका छन । दुई देशको आर्थिक विकास, प्रजातन्त्र र सुशासनको वृद्धिमा समान विचार रहेको छन । हामी विभिन्न देशको शान्ति र समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायको लागि प्रमुख साझेदार रहेका छौँ । नेपाल र जापानले व्यापार/अर्थतन्त्र, संस्कृति र शिक्षामा बहुआयामिक तथा दीर्घकालीन सम्वन्ध र भ्रातृत्व कायम गरिरहेको छन ।

माथि तपाईंले बताउनु भएको विषय दुई देशबीचको सम्बन्धका बारेको भयो । जापानी र नेपाली जनताबीचको सम्बन्धलाई चाँहि कसरी लिनु भएको छ ?

पछिल्लो समय जापान र नेपालको जनस्तरिय सबन्धमा बढोत्तरी भैरहेको छ ।

मे २०१८ को तथ्याङ्क अनुसार जापानमा २४ हजार ३३१ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् जुन जापानमा अध्ययन गर्ने विदेशी मध्ये नेपाल तेस्रो मुलुक हो । यस्तै, ८९ हजार भन्दा बढी नेपाली अहिले अध्ययन तथा व्यवसायका सिलसिलामा जापानमा बसोबास गरिरहेका छन् ।

आगामी दिनमा दुई देशबीच कुन कुन क्षेत्रमा सहकार्य हुन सक्छ ?

नेपालले सन् २०३० भित्रमा मध्यम आय भएको देश बन्ने लक्ष्य लिएको छ । जापानले नेपालसँगको सहकार्यमा उक्त लक्ष्य प्राप्त गर्न सँगसँगै काम गरिरहेको छ । नेपालको विकास लक्ष्य अनुरुप नै हामीले हाम्रो सहकार्य गरिरहेका छौँ ।

उदाहरणका लागि, हामीले भूकम्पबाट पुर्नस्थापनालागि निरन्तररुपमा फलो–अप तथा पुनर्निर्माणका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । यसको साथै हामीले प्राकृतिक प्रकोपको व्यवस्थापन अनुभवलाई भविष्यमा नेपालमा प्रकोपबेला कसरी तयारी गर्ने भन्ने कुरामा सहयोग गरिरहेका छौँ ।

हामीले कृषि क्षेत्रमा सहयोग गरि गरिबी निवारणमा मद्दत गरिरहेका छौँ । नेपालको कृषि, पर्यटन, मानव संशाधन लगायतका क्षेत्रमा सम्भावना प्रचुर रहेको छ ।

नेपाल जापानको सच्चा र असल मित्र भएको नाताले नेपालले अंगिकार गरेको ‘समृद्ध नेपाल, खुसी नेपाली’ को नारामा आर्थिक तथा प्राविधिक सहयोग, लगानी भित्र्याई सहयोग गर्न जापान सदैव तयार छ

दुई देशबीच दीर्घकालीन साझेदारीको विकास कसरी गर्न सकिन्छ ?

जापानले नेपालसँग दीर्घकालीन मित्रता कायम गरी विकासमा सहयोग गर्दै आएको छ । दुई देशले कुटनीतिक सम्बन्धका साथै मैत्रीपूर्ण जनस्तरिय सम्वन्ध पनि कायम गर्दै आएको छ ।

जापान सरकारले दुईपक्षीय सम्बन्ध कायम राख्दै आपसी हित हुनेगरी साझेदारी स्थापना गरेको छ । यसको साथै जापानी सरकारले नेपालको नीजि क्षेत्रसँग पनि काम गर्दै आएको छ ।

नेपालको भू–बनोटको आधारमा यहाँका ८५ प्रतिशत क्षेत्रफल पहाडले ओगटेको छ । यही भू–बनोटको कारण यहाँ सडक सञ्जाल र उद्योग स्थापना गर्न त्यति सहज परिस्थिति छैन । नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेको छ र यसको पूर्ण रुपमा निर्माण गर्न आवश्यक छ ।

नेपालमा विविध कृषिजन्य उत्पादनको प्रचुर सम्भावना रहेको छ । यी उत्पादनले बाटोघाटोको अभाव र प्राथमिक प्रशोधनको अभावमा अन्तर्राष्ट्रिय बजार पाउन सकेको छैन् । देशको अर्थतन्त्र पूर्ण रुपमा विप्रेषणमा निर्भर रहेको छ । त्यसैले नेपालले दिगो आर्थिक बृद्धि र विकासको सहि अवधारणा प्रतिप्रादन गर्न आवश्यक देखिएको छ ।

विश्वयुद्धपछि ध्वस्त भएको जापानले पुनर्निर्माण गर्दै, विदेशी दाताको सहयोग प्राप्त गर्दै १९ औं शताब्दीको अन्त्यदेखि २० औँ शताब्दीको सुरुसम्ममा आफूलाई परिवर्तन गरेको थियो ।

नेपाल जापानको सच्चा र असल मित्र भएको नाताले नेपालले अंगिकार गरेको ‘समृद्ध नेपाल, खुसी नेपाली’ को नारामा आर्थिक तथा प्राविधिक सहयोग, लगानी भित्र्याई सहयोग गर्न जापान सदैव तयार छ ।

विदेशी लगानीकर्ताका लागि नेपालको कुन क्षेत्र उपयुक्त छ जस्तो लाग्छ ?

नेपाल लगानी र विकासको लागि प्रचुर सम्भावना भएको देश हो । नेपालको प्राकृतिक स्रोत र यहाँका जडिबुटीका कारण पनि सम्भावना रहेको छ । नेपालमा भएको जलस्रोतको आधारमा जलविद्युत लगानीको आर्कषक क्षेत्र रहँदै आएको छ । भविष्यमा यहाँको उर्जालाई विदेशमा निर्यात गर्न सकिन्छ ।

त्यस्तै, लगानीको अर्को क्षेत्र भनेको पर्यटन हो । नेपालको प्राकृतिक सुन्दरतालाई मध्यनजर गर्दै पर्यटन क्षेत्रमा नयाँ नयाँ उत्पादन गरी विश्वभरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । योसँगै नेपालको उत्पादन क्षेत्रमा पनि सम्भावना रहेको छ । नेपालले आफ्ना उत्पादन दुई ठूला छिमेकी देश भारत र चीनको बजारमा विक्री गर्न सक्नेछ ।

यसका साथै, नेपालले आफ्नो देशमा भएको खनिजको उत्खनन गर्न सक्छ् । भर्खरै प्रकाशित समाचारअनुसार नवलपरासीमा फलामको खानी रहेको उल्लेख गरिएको छ । यो क्षेत्रपनि विदेशी लगानीको लागि एक उपयुक्त क्षेत्र हुन सक्छ ।

जापानी लगानीकर्ताले नेपालमा कुनै समस्या भोगेका छन् ?

नेपालमा राजनीतिक संक्रमणकाल सकिएको छ भने राजनीतिक स्थायीत्व कायम भएको छ । यस्तो अवस्थामा नेपाल लगानीको लागि आकर्षक गतव्य बन्दै आएको छ ।

जापानी आर्थिक सहायताको उदेश्य भनेकै सन्तुलित दिगो आर्थिक बृद्धि नै हो । जापानको उदेश्य भनेको नेपाललाई अल्पविकसित देशबाट माथि उकास्नु हो

तथापी, नेपालको प्रशासनिक काममा ढिलासुस्ती र एसियाका अन्य देशको तुलनामा विदेशी लगानी भित्र्याउने प्रक्रियामा केही समस्या रहेको छ । लगानीकर्ताको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने विषयमा हाम्रो एकदमै चासो रहँदै आएको छ । नेपालमा यस सम्बन्धि कानुन निर्माणको प्रक्रियामा रहेको छ ।

नेपालले भर्खरै विदेशी लगानीमा न्यूनतम थ्रेसहोल्ड बृद्धिसँगै नेपालमा लगानी गर्न चाहने साना तथा मध्यम खालका लगानीकर्तालाई निरुत्साहन गर्दछ । मलाई दुःख लागेको छ, नेपाली उद्योगले दुई पक्षको नै ‘वीन–वीन’ सहकार्यको लागि अवसर गुमाउँदै गएको छ । लगानीको थ्रेसहोल्ड वृद्धिसँगै नेपाली उद्योगले विश्वासिला जापानी कम्पनीको लगानी कसरी नेपालमा भत्र्याउने भन्नेकुरामा समस्या परेको छ ।

जापानले नेपालको सरकारलाई सहयोग गर्दै आएको छ । जापानी सरकारले नेपालको विकासको लागि गर्दै आएको सहयोगमा तपाईको दृष्टिकोण के छ ?

जापान सरकारले सन् १९५९ देखि आधिकारिक रुपमा नेपालको विकासमा सहयोग गर्दै आएको छ । नेपालको विकास र स्थायित्वले यो क्षेत्रको स्थायित्व पनि कायम हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यो क्षेत्रमा नेपालको भूराजनीतिक भूमिका महत्वपूर्ण रहेको छ ।

जापानको विकास सहयोगले नेपाली जनताको जीवनस्तर, सामान्य मानवीय अवस्था, शिक्षा, सडक पूर्वाधार, जलविद्युत लगायतका नेपालको विभिन्न विकासका क्षेत्रको सुधारमा मद्दत पुगेको छ ।

जापानी आर्थिक सहायताका प्राथमिक क्षेत्रहरु के के हुन् ?

जापानी आर्थिक सहायताको उदेश्य भनेकै सन्तुलित दिगो आर्थिक बृद्धि नै हो । जापानको उदेश्य भनेको नेपाललाई अल्पविकसित देशबाट माथि उकास्नु हो ।

हाम्रो मुख्य चार ओटा प्राथमिकताका क्षेत्रहरु रहेका छन् । ती हुन्ः भूकम्पको पछि ध्वस्त भएको संरचनात्मक तथा गैरसंरचनात्मक क्षेत्रको प्रकोप प्रतिरोधात्मक पुनर्निर्माण, देशको आर्थिक वृद्धि र नेपालीको जीवनयापन सुधारको लागि सामाजिक तथा आर्थिक संस्थाको निर्माण, गरीबी न्यूनीकरण तथा गुणस्तरीय जीवनमा सुधार, र अन्ततः सुशासनमा वृद्धि र लोकतन्त्रको आधारभूत संरचना विकास रहेका छन् ।

नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउँने लक्ष्य राख्दै भिजिट नेपाल मनाउँदैछ । तपाईले नेपालको पर्यटकीय क्षेत्रलाई कसरी हेर्नुभएको छ ?

नेपालले अझै धेरै पर्यटक ल्याउन पूर्वाधारमा सुधार गर्न आवश्यक छ । उदाहरणको लागि, नेपालमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती गर्नुपर्दछ ।

सरसफाई तथा सार्वजनिक शौचालय निर्माण गर्ने भन्ने कुरा सामान्य हुन् । तर मलाई लाग्छ, यी ससाना कुराको विकासले धेरै भन्दा धेरै जापानी पर्यटक नेपाल आउँनेछन् । धेरै जापानीहरुमा नेपालको प्राकृतिक सुन्दरता र साँस्कृतिक सम्पदाबारे ज्ञान छेैन ।

तथापी, मलाई विश्वास छ, धेरै जापानीहरु नेपाल आउन लालायित छन् । हामीले नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० बाट जापानी पर्यटकको बारेमा धेरै बुझ्न प्रतिक्षारत छौँ । नेपाल एयरलाइन्सले जापानमा पुनः संचालन गरेको सिधा उडानले नेपाल आउने जापानी पर्यटनमा बृद्धि हुने आशा गर्न सकिन्छ ।

जापान नेपालको एक मुख्य विकासको साझेदार हो । जापानले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलविद्युत, यातायात, सफा खानेपानी लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यस सहायतालाई हामी भविष्यमा पनि निरन्तरता दिनेछौँ र नेपाल अति कम विकसित देशबाट विकासन्मुख देश भएको हेर्न चाहन्छौं ।

‘दक्ष कामदार’सम्बन्धमा जापानले शुरुवात गरेको नयाँ व्यवस्थाका बारेमा केही जानकारी दिनुहुन्छ कि ?

जापानमा कामदारको अभाव रहँदै आएको छ । यही अभावलाई पूर्ति गर्न जापान सरकारले अप्रिल २०१९ मा दक्ष कामदार सम्बन्धि सामान्य नीति र विषयगत कार्यसंञ्चालन नीति सार्वजनिक गरेको थियो । दक्ष कामदारसँग कुनै पनि क्षेत्रको बारेमा विशेष शिक्षा र अनुभव हुनुपर्दछ । यी दक्ष कामदारलाई जापानका विभिन्न १४ औद्योगिक क्षेत्रमा रोजगारको अवसर प्राप्त हुनेछ ।

त्यसैले जापानमा नेपालको दक्ष कामदार लानको लागि मार्च २०१९ मा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीको उद्देश्य भनेको कामदारको बारेमा रोजगारदातालाई सूचना प्रदान गर्नु, जापानमा कामदार पठाउन दलाल वा ठेकदार कम्पनी हटाउनु र कामदारमाथि पर्ने आर्थिक भार कम गर्नु नै हो । नेपाल र जापानले यस्ता दलाल संस्थाको प्रवेश हुन नदिनको लागि आवश्यक उपायहरु अपनाउनेछ ।

कामदारको दक्षताको स्तर र जापानी भाषाको निपूर्णता सीप परीक्षा र भाषा परीक्षाबाट गरिनेछ । नेपालको सम्बन्धित मन्त्रालय र जापानी संस्थाले केयर गिभरका लागि सीप तथा भाषा परीक्षाको तयारी गरिरहेका छन् ।

अन्त्यमा, नेपाली जनतालाई केही भन्न चाहनुहुन्छ ?

नेपाल र जापान दुबैले एशियाली मूल्य मान्यतामा विश्वास गर्छन् । मलाई यहाँ यो कुरा भन्दा खुसी लागेको छ कि जापान नेपालको एक मुख्य विकासको साझेदार हो । जापानले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलविद्युत, यातायात, सफा खानेपानी लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यस सहायतालाई हामी भविष्यमा पनि निरन्तरता दिनेछौँ र नेपाल अति कम विकसित देशबाट विकासन्मुख देश भएको हेर्न चाहन्छौं ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ९ : ४६ बजे

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक