महिला क्रिकेटः फाइनलका लागि काठमाडौं र विराटनगर भिड्दै | Khabarhub Khabarhub

महिला क्रिकेटः फाइनलका लागि काठमाडौं र विराटनगर भिड्दै


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी वमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साँढे ११ बजेबाट खेल शुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बिहीबार चितवन राहिनोजसँग खेल्नेछ । चितवनले लिग चरणमा चारै खेल जितेर सोझै फाइनलमा पुगेको थियो ।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले लिगको पहिलो खेलमा पराजय ब्यहोरेको भएपनि त्यस यताका सवै खेलमा सफलता हात पार्दै आएको छ ।

उसले तीन खेलमा जित निकालेर ६ अंकसहित क्वालिफायरमा पुगेको हो । यता विराटनगर विराटनगरले शुरुवाती २ खेलमा प्रभावशाली जित हासिल गरे पनि त्यसयता २ खेलमा पराजित भएपछि ४ अंकसहित क्वालिफायरमा पुगेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ०५ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका