सरकारी कर्मचारीलाई १ हप्ताभित्रै समायोजनको पत्र, संघमा परेकाको तत्काल सरुवा नहुने | Khabarhub Khabarhub

सरकारी कर्मचारीलाई १ हप्ताभित्रै समायोजनको पत्र, संघमा परेकाको तत्काल सरुवा नहुने


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कर्मचारी समायोजनको काम सकेर समायोजन भएका कर्मचारीलाई पत्र काट्ने काम शुरु गरेको छ ।

स्वास्थ्य सेवा वाहेक अन्य सेवाका कर्मचारीको समायोजनसम्बन्धी काम सकिएकाले कर्मचारीलाई पत्र काट्ने काम शुरु गरिएको हो । स्वास्थ्य सेवाअन्तर्गत कर्मचारीको समायोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि मात्रै कर्मचारीको वरिष्ठताक्रम सार्वजनिक गरेको थियो । समायोजन प्रक्रिया टुंग्याउन भने केही दिनको समय लाग्ने मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता (सहसचिव) सुरेश अधिकारीले अबको १ हप्ताभित्रमा स्वास्थ्य सेवा बाहेक अन्य सेवा र समूहका सबै कर्मचारीको हातमा समायोजनको पत्र पुगिसक्ने बताए ।

‘अहिले हामी तीनवटै तह (संघ, प्रदेश र स्थानीय) मा समायोजन भएका कर्मचारीका लागि पत्र तयार पार्दै छौं,’ प्रवक्ता अधिकारीले खबरहबसँग भने, ‘सबै कर्मचारीका लागि पत्र प्रिन्ट गरेर बुझाउँदासम्म १ हप्तासम्म लाग्न सक्छ ।’

सरकारले फागुन मसान्तसम्ममा समायोजन भएका सबै ठाउँमा कर्मचारी पुगिसक्ने विश्वास लिएको छ । ‘समायोजन भएका कर्मचारीले पत्र बुझेको २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनैपर्छ,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसकारण फागुन मसान्तसम्ममा सबै कर्मचारी समायोजन भएको तहमा हाजिर भइसक्नेछन् ।’

पत्र बुझेपछि कहाँ हाजिर हुने ?

सरकारले समायोजन रोजेका कर्मचारीलाई हाल कार्यरत रहकै कार्यालयमा समायोजन भएको पत्र बुझाउनेछ । कर्मचारीले पत्र बुझेपछि (बाटोको म्यादबाहेक) २१ दिनभित्र आफू समायोजन भएको ठाउँमा हाजिर भइसक्नुपर्ने छ ।

संघमा समायोजन भए,

समायोजन रोज्दा संघमा परेका कर्मचारीले कर्मचारीले ‘संघमा समायोजन भएको’ पत्र प्राप्त गर्नेछन् । यस्ता कर्मचारीले संघको कर्मचारीको रुपमा आफू कार्यरत रहेकै कार्यालयमा हाजिर गर्न सक्नेछन् ।

जस्तै, जिल्ला समन्वय समिति जुम्लामा कार्यरत कुनै कर्मचारी समायोजन हुँदा संघमा परेका छन् भने उनले समायोजनको पत्र बुझेर जिल्ला समन्वय समितिकै कार्यालयमा संघको कर्मचारीका रुपमा काम गर्न सक्नेछन् । पत्र बुझेपछि उनले त्यहाँ हाजिर भएको व्यहोरा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराउनुपर्ने छ ।

यदि सिंहदरवारस्थित कुनै मन्त्रालयमा कार्यरत कर्मचारी संघमा परेका छन् भने ती कर्मचारीले हाल कार्यरत रहेकै मन्त्रालयमा हाजिर लगाएर काम गर्न सक्नेछन् ।

पछि त्यस्ता कार्यालयमा कार्यरत कर्मचारीको तालुक राख्ने विभाग र मन्त्रालयले सरुवा गर्ने छ । जस्तै जिल्ला समन्वय समिति जुम्लामा कार्यरत कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यकताअनुसार अन्य कार्यालय र ठाउँमा सरुवा गर्न सक्ने छ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा कार्यरत कर्मचारी समायोजन भएर संघमै परेका छन् भने उनको सरुवा खानेपानी मन्त्रालयले नै गर्ने छ ।

प्रदेशमा समायोजन भए,

समायोजन रोज्दा प्रदेश तहमा परेका कर्मचारीले आफू परेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हाजिर हुनुपर्ने छ ।

जस्तै, कुनै कर्मचारी समायोजन हुँदा गण्डकी प्रदेशमा परेका छन् भने उनले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर हाजिर हुनुपर्ने छ । त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आवश्यकताअनुसार प्रदेश मातहको मन्त्रालय, विभाग र कार्यालयमा कर्मचारीलाई परिचालन गर्ने छ ।

स्थानीय तहमा समायोजन भए,

स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई उनीहरु समायोजन भएको स्थानीय तहको नाम नै उल्लेख गरेर पत्र बुझाइने छ । यसरी पत्र बुझेपछि कर्मचारीले समायोजन भएको स्थानीय तहमा हाजिर हुनुपर्ने छ ।

स्थानीय तहले समायोजन भएर आएका कर्मचारीलाई आवश्यकताअनुसार आफू मातहतका कार्यलयमा परिचालन गर्न सक्ने छ ।

२१ दिनमा हाजिर नभए सेवाबाट बर्खास्त !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबको १ हप्तामा समायोजनमा परेका सबै कर्मचारीलाई पत्र बुझाइसक्ने गरी प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सेवा बाहेक अन्य सेवा र समूहका कर्मचारीले अबको १ हप्ताभित्र समायोजन भएको पत्र बुझिसक्ने मन्त्रालयको दावी छ ।

समायोजन भइसकेका कर्मचारीले भने पत्र बुझेको २१ दिनभित्र आफू समायोजन भएको तहमा हाजिर भइसक्नुपर्ने छ । बाटो म्याद बाहेक पत्र बुझेको २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई सरकारले सेवाबाटै बर्खास्त गर्न सक्ने छ ।

कर्मचारी समायोजन अध्यादेशको दफा (१६) मा समायोजनको पत्र बुझेका कर्मचारीले (बाटो म्याद) बाहेक २१ दिन भित्र सम्बन्धित कार्यालयमा हाजिर नभए सेवाबाट अवकास दिनेसम्मको व्यवस्था गरेको छ । समायोजनअनुसार हाजिर नहुने कर्मचारीलाई हाजिर नहुनुको कारणबारे स्पष्टीकरण सोधी स्पष्टीकरण चित्त बुझ्दो नभए सेवाबाट बर्खास्त गरिने छ ।

समायोजनमा परेका कुनै कर्मचारी विदामा रहे विदा सकिएको दिनदेखि २१ दिनभित्र हाजिर हुनुपर्ने कर्मचारी समायोजन अध्यादेशमा उल्लेख छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : ३९ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त