नेकपाको सचिवालय बैठक शुरु, कार्यदलको म्याद थपिएला ? « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु, कार्यदलको म्याद थपिएला ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकीकरणको निम्ति सुझाव दिन गठन भएको कार्यदलको म्याद थप गर्ने विषयमा छलफल गर्न सचिवालय र कार्यदलको संयुक्त बैठक शुरु भएको छ ।

बालुवाटारमा केही बेर अघि शुरु भएको बैठकमा कार्यदलको म्याद थप पर्ने वा नगर्ने विषयको छलफल हुनेछ ।

विहीबारको बैठकमा कार्यदलका सदस्यहरुले कार्यदलको समय एक हप्ता थप गर्न माग गरेका थिए । विहीवार नै कार्यदलसँग संयुक्त बैठकपछि बसेको सचिबालयको बैठकले कार्यदलको समय थप गर्ने विषयमा कुनै निर्णय लिन सकेको थिएन ।

संयुक्त बैठकमा कार्यदलका सदस्यहरुले अहिलेसम्म गरेको काम, देखिएको समस्याका विषयमा आफ्ना कुरा राखेका थिए ।

गत मंसिमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा देखिएका समस्या समाधानका लागि अध्ययन गरि सुझावसहितको प्रतिवेदन पेश गर्न ९ सदस्यीय कार्यदल गठन गरेको थियो । तर कार्यदलले तोकिएको मितिमा पूर्ण प्रतिवेदन बुझाउन नसकेपछि अपूरो प्रतिवेदन सचिबालयमा बुझाएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ०८ बजे

‘अब पर्खिदैनौँ, तत्काल नयाँ मन्त्रीको शपथ गराउनुस्’

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीको

रुखको गोलियाले किचेर युवकको मृत्यु

पाँचथर– पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबिच भेट

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबिच

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढनुपर्छ : नेता खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी

मर्स्याङ्दी नदीमा विपद्सम्बन्धी  नमुना अभ्यास

लमजुङ– लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ