मोरङमा अन्तर्राष्ट्रियस्तरको पार्क बन्दै | Khabarhub Khabarhub

मोरङमा अन्तर्राष्ट्रियस्तरको पार्क बन्दै


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- पर्यटनको प्रवर्धनका लागि मोरङको बेलबारीस्थित भाउन्नेमा अन्तर्राष्ट्रिय स्तरको पार्क बन्ने भएको छ । भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रभित्र ३३ विगाहा जग्गामा पार्क निर्माण हुने भएको हो ।

२ करोडको लागतमा बन्ने पार्क ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका सदस्य रविन थापाले जनाकारी दिए ।

पार्क निर्माणको पहिलो चरण अर्न्तगत पार्कभित्र रहने ढुंगाका मुर्तिहरुको निर्माणका लागि नेपाल, भारत, वङ्गलादेश, पाकिस्तान, जर्मनी, ईटली लगायतका विभिन्न देशका मुर्तिकारहरुको सहभागितामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सुरु समेत गरिएको छ ।

कार्यशाला तीन हप्तासम्म चल्ने र मुर्तिकारहरुले आ–आफ्नै अवधारणा अनुसार आधुनिक प्रकारका विभिन्न मुर्तिहरु बनाउने जनाईएको छ । मुर्तिकला कार्यशालामा ४० देखि ४२ वटा मूर्तिहरु निर्माण हुने छन ।

पार्क निर्माणका लागि हाइट्रो तथा रोजगार व्यवसायी रघु पुरीले १५ लाख बढी सहयोग गरेका छन् । पुरीले अन्तराष्ट्रिय स्तरको पार्क निर्माणको लागी १५ लाख ५ सय ५५ रुपैया सहयोग गरेका हुन । निर्माणाधिन पार्क सिर्जना सामुदायिक वनको ३३ विगाहा क्षेत्रफलमा फैलिएको छ । प्रदेश सरकार, बेलबारी नगरपालिका, सिर्जना सामुदायिक वन, संघ संस्था, ब्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा पाँच बषभित्र निर्माण सम्पन्न हुने जानकारी दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ०३ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्