प्रधानमन्त्रीको जस्तै मिर्गौलाको समस्या भएका बिरामी नेपालमै उपचारको पहुँच बाहिर | Khabarhub Khabarhub

प्रधानमन्त्रीको जस्तै मिर्गौलाको समस्या भएका बिरामी नेपालमै उपचारको पहुँच बाहिर


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर प्रस्थान गरेका छन् । आज (बिहीबार) दिउँसो साढे १ बजे प्रधानमन्त्री ओली पत्नि र निजी चिकित्सकसँगै स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्य सिंह साहले सिंगापुर जानुअघि प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको मिर्गौलामा एन्टिबडीको मात्रा केही बढेको जानकारी दिँदै त्यसैको थप उपचारका लागि सिंगापुर जान लागेको बताएकी छन् ।

साहले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको मिर्गौलाको एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचारका लागि प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्तान गरेको उल्लेख छ ।

ओलीको सिंगापुरमा न्यासनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था जटिल हो ?

करिब एक महिना अघिदेखि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र उपचारको विषय चर्चामा छ ।  एकमहिनादेखि नै आफैले अस्थायी रुपमा अस्वस्थ रहेको जानकारी दिएका प्रधानमन्त्री ओली साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गए । त्यतिबेला प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेपनि आरामको जरुरत परेकाले सिंगापुर जान लागेको उनका निजी चिकित्सकहरुले बताएका थिए ।

तर प्रधानमन्त्री सिंगापुरमा आराम गरेर फर्किएको एकसाता नवित्दै फेरि स्वास्थ्य उपचारकै लागि सिंगापुर जाने कुरा बाहिर आयो ।

प्रधानमन्त्रीको शरीरमा क्रियाटिनिनको मात्रा बढेको खबर फैलिएपछि मिर्गौला रोग विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गौला पुनः विग्रिएको हुनसक्ने आशंका पनि गरे । तर सरकार र प्रधानमन्त्री स्वयंले भने स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै आएका थिए ।

‘१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौला पुनः विग्रियो । फेरी प्रत्यारोपण गर्नुपर्ने अवस्था हो ? प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल हो ?‘’ भन्नेबारे चर्चा समेत शुरु भयाे ।

यसअघि  आरामका लागि भन्दै सिंगापुर गएका प्रधानमन्त्री ओलीले यसपटक भने आफ्ना निजी चिकित्सक मार्फत स्वास्थ्य अवस्थाको विषयमा सूचना जारी गर्दै सिंगापुर गएका छन् ।

प्रधानमन्त्री ओली सिंगापुर उडेसँगै दिउँसो २ बजे प्रधानमन्त्रीका अर्का निजी चिकित्सक डाक्टर दिलिप शर्मा, मिर्गौला रोग विशेषज्ञ चिकित्सक डा ऋषि कुमार काफ्ले र नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र उपचारको विषयमा वृस्तित रुपमा जानकारी दिए ।

प्रधानमन्त्रीको मिर्गौला कस्तो छ ? सिंगापुर जानै पर्ने अवस्था थियो ?

प्रधानमन्त्रीका निजी चिकित्सक शर्माले प्रधानमन्त्रीको शरीरमा एण्टीबडिको मात्रा केही बढी भएकाले शरीरमा क्रियाटिनिन बढेको र त्यसलाई शरीरबाट निकाल्न र निराकरण गर्न पुनः सिंगापुर गएको बताए ।

‘प्रधानमन्त्रीको शरीरमा एण्टीबडीको मात्रा बढेकाले त्यसलाई शरीरबाट निकाल्न र मिर्गौलाको वर्तमान अवस्था बुझ्दै आगामी दिनमा कसरी स्वास्थ्य राख्ने भनेर थप परीक्षण र उपचारका लागि सिंगापुरका विज्ञ चिकित्सकसँग परिक्षण गराउनु प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो,’ प्रधानमन्त्रीका निजी चिकित्सक शर्माले भने, ‘नेपाल उपचार सम्भव नभएर जानुभएको हैन, तर कतिपय प्रविधिहरु हामीसँग भन्दा सिंगापुरमा राम्रो छ, हामीले भिआइपिहरुलाई विशेष उपचार दिन मात्रै सिंगापुर पठाएका हौं ।प्रधानमन्त्री जस्तो विशेष व्यक्तिलाई उच्चतम प्रविधिबाट राम्रो सेवा दिनुपर्छ भन्ने उदेश्यले बिदेश पठाएको हो । ’

शर्माका अनुसार प्रधानमन्त्री ओली उपचारका लागि यो पटक ७ देखि १० दिनसम्म सिंगापुरमा बस्नेछन् ।

मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेले प्रधानमन्त्रीको शरीरमा भएको क्रियाटिनिनको मात्रा घटाउन एण्टीबडी नियन्त्रणका लाग प्लाज्माफेरेसिस गर्नुपर्ने बताए ।

‘क्रियाटिनिन बढ्नुको दुईवटा कारण हुन्छ, एउटा सेलहरु बढेर हुन्छ अर्को एण्टीबडी बढेर हुन्छ, यसमा एण्टीबडी बढेर क्रियाटिनिनको मात्रा बढ्नु भनेको खतरनाक हो,’ डा काफ्लेले भने, ‘त्यो समस्या सामान्य तरिकाले तत्काल ठिक हुन सक्दैन, यदी विशेष प्रकारको उपचार गरेर क्रियाटिनिनलाई नियन्त्रणमा ल्याउन सके त्यो मिर्गौलाले फेरी १०, १५ वर्ष काम गर्नसक्छ । प्रधानमन्त्रीको प्लाज्माफेरेसिस गरेर एण्टीबडि नियन्त्रण गर्ने हो । यो ७ पटक सम्म गर्नुपर्छ । ’

तत्काल मिर्गौला प्रत्यारोपोपण गर्नुपर्ने अवस्था छैन

प्रधानमन्त्री ओलीको सिंगापुरमा हुने उपचार एटिबडी नियन्त्रण मात्रै भएकाले मिर्गौला पुन प्रत्यारोपण गर्नुपर्ने अवस्था नभएको डा काफ्लेले बताए ।

‘प्रधानमन्त्रीको अहिले मिर्गौला पुन प्रत्यारोपण गर्नुप¥यो भने अहिले उहाँको मुटु, कलेजको क्यान्सर जस्ता कुनैपनि समस्या देखिएको छैन, उहाँको सहजै फेरी प्रत्यारोपण गर्न सकिन्छ,’ डा काफ्लेले भने, ‘तर अहिले उहाँलाई मिर्गौला पुन प्रत्यारोपण र डायलाइसिस आवश्यक छैन ।’

प्रधानमन्त्रीको जस्तै समस्या भएका बिरामी नेपालमै उपचारको पहुँचबाहिर

प्रधानमन्त्री ओलीका निजी चिकित्सक शर्माले प्रधानमन्त्री ओलीको उपचारका लागि नेपालमा राम्रो प्रविधि नभइरहेको बताउँदा मिर्गौला रोग विशेषज्ञ डा काफ्लेले भने प्रधानमन्त्री ओलीको उपचारका लागि नेपालमा ८० हजार खर्च लाग्ने बताए ।

उनले भने, ‘नेपालमा एण्टीबडी नियन्त्रणका लागि सारै दु:ख गरेर प्लाज्माफेरासीस गर्नुपर्ने हुन्छ, नेपालमा प्लाज्माफेरेसिस गर्‍यो भने ७० देखि ८० हजार सम्म लाग्छ ।’

डा काफ्लेले प्रधानमन्त्रीको जस्तै समस्या भएका मिर्गौलाका बिरामीले नेपालकै अस्पतालमा समेत उपचार गर्ने पहुँचमा नभएको बताए ।

‘नेपालमा मेसिन मात्रै नभए हुँदैन, यो नेपाली जनताले प्रयोग गनै सक्दैनन् । हामीकहाँ आउने बिरामीलाई भक्तपुर अस्पतालमा जानुस् उपचार गर्नुस् भन्दा उहाँहरुले ८० हजार तिर्न हामी सक्दैनौं भन्नुहुन्छ,’ डा आफ्लेले भने, ‘इच्छा मात्रै भएर के गर्ने  ? त्यहि उपचार पनि गर्न सामान्य बिरामीले सक्दैन।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले भने,‘नेपाली जनताले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनुपर्छ ।’

श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतीको भने विरोध गरे । विदेश उपचारमा जानैपर्ने भएपनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतिलाई पनि नेपालका नेताहरुले आत्मसात नगरेकोमा उनको गुनासो थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : २१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम