दयाहाङ र उपासना स्टारर ‘कबड्डी ३’ को गीत रिलिज | Khabarhub Khabarhub

दयाहाङ र उपासना स्टारर ‘कबड्डी ३’ को गीत रिलिज


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत सार्वजनिक गरिएको छ । फिल्मको कथाअनुसार सुहाउँदो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘दूबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रृेष्ठको स्वर सुन्न सकिन्छ । गीतमा पैसा नभएका कारण प्रेमिका प्रेमीसँग टाढा हुँदै गएको देखाइएको छ । गीतका शब्दलाई हर्क साउदले लेखेका हुन् भने एसडी योगीले संगीत दिएका छन् । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्ममा दयाहाङ र उपासनाका अलावा रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराज, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको स्किृप्ट छ । यस्तै फिल्मलाई रामबाबु गुरुङले नै निर्देशन गरेका हुन् ।

यो फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ०८ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु