९ महिनामा साँढे ६ खर्ब रेमिट्यान्स भित्रियो | Khabarhub Khabarhub

९ महिनामा साँढे ६ खर्ब रेमिट्यान्स भित्रियो


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको जनाएको छ । वैदेशिक रोजगारीमा गएका कामदारले ९ महिनाको अवधिमा सो बराबरकाे रकम नेपाल पठाएका हुन् ।

गत आर्थिक वर्षको तुलनामा चालू आवको नौ महिनामा २०.९ प्रतिशतले विदेशबाट भित्रिएको रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अवधिमा रेमिट्यान्स ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरको मूल्य वृद्धि हुदाँ विप्रेषण आप्रवाह २०.९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै सार्वजानिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । रोजगारीमा जाने कामदारको संख्या घटेपनि रेमिट्यान्समा भने असर नपरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ४ : ३६ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा