राष्ट्रपति भण्डारीलाई ग्यास्ट्रिकको समस्या, औषधि सेवन गर्न चिकित्सकको सुझाव | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीलाई ग्यास्ट्रिकको समस्या, औषधि सेवन गर्न चिकित्सकको सुझाव


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा नियमित स्वास्थ्य परिक्षण गराएकी छन् ।

ग्यास्ट्रिकको समस्याका कारण ३ महिनादेखि औषधि खाँदै आएकी भण्डारीले आज (सोमबार) बिहान टिचिङमा स्वास्थ्य परिक्षण गराएकी हुन् ।

बिहान साढे ९ बजे स्वास्थ्य परीक्षण गर्न गएकी भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालमा निर्देशक डा प्रेम खड्गाले खबरहबलाई बताए ।

राष्ट्रपति भण्डारीलाई ग्यास्ट्राइटिसको समस्या भएकाले नियमित औषधि सेवन गर्न सुझाव दिएको निर्देशक खड्गाले बताए ।

‘उहाँलाई ग्यास्ट्राइटिसको समस्या छ, त्यसैले स्वास्थ्य परीक्षको लागि आज आउनुभएको थियो, इन्डोस्कोपी गराएर १५ मिनेटपछि उहाँ फर्किनुभयो,’ उनले भने, ग्यास्ट्राइटिसको समस्या भएकाले औषधि नियमित खान सुझाव दिएका छौं ।’

सरकारले विदेशमा उपचार गराउनेलाई स्वास्थ्य उपचार खर्च नदिने व्यवस्था गरेपछि देशका उच्च पदस्थ व्यक्तिहरुले पनि नेपालकै अस्पतालमा उपचार गराउन थालेका छन् । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालकै अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।

देशका उच्च पदस्थ व्यक्तिहरुले स्वादेशमै उपचार तथा स्वास्थ्य परीक्षण गराउँदा उपचार खर्चका नाममा राज्य कोषबाट खर्च हुने लाखौं रकम जोगिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  २ : ४५ बजे

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०