गणतन्त्र र संघीयताबाट मुलुक पछाडि फर्कन सक्दैन– डा. शेखर कोइराला | Khabarhub Khabarhub

गणतन्त्र र संघीयताबाट मुलुक पछाडि फर्कन सक्दैन– डा. शेखर कोइराला


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनैपनि हालतमा पछाडि फर्कन नसक्ने बताएका छन् ।

डा कोइरालाले शहीदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।

राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुँने बताउँदै डा.कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनुपर्ने बताए ।

जिपी फाउण्डेशन काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै डा कोइरालाले संवैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले झस्काएको बताए । कोइरालाले भने,‘हाम्रो संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको छ तर अहिले राष्ट्रपतिलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हित गर्दैन ।’

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले मुलुक र प्रजातन्त्रका लागि कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन् ।

अर्का नेता गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संविधानसँग बाझिने कुरा गर्दै नहिँड्न आग्रह गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : ३९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम