विद्यार्थीका व्यथाः घाम ताप्दै परीक्षा दिनेदेखि आगो बालेर अध्ययन गर्नेसम्म | Khabarhub Khabarhub

विद्यार्थीका व्यथाः घाम ताप्दै परीक्षा दिनेदेखि आगो बालेर अध्ययन गर्नेसम्म


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिन यता बढेको जाडोका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ ।

सवैभन्दा बढी वृद्ध वृद्धा र बालबालिका प्रभावित भएका छन् । अझ जाडोले विद्यार्थी पनि प्रभावित बनेका छन् । हिमाली क्षेत्रमा वार्षिक परीक्षा सञ्चालन भइरहेको हुँदा हिउँ पर्दा कठ्यांग्रिएर परीक्षा दिनु परेको छ भने घाम लाग्दा घुल्ला चौरमा घाम ताप्दै परीक्षामा सामेल हुने गेरका छन् ।

त्यस्तै तराईका जिल्लामा हुस्सु र शीतलहर चलेपछि केही सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिइएको छ भने कतै आगो बालेरै भए पनि विद्यार्थीहरुलाई पठनपाठनमा सामेल गराइएको छ ।

तीन क्षेत्रका पृथक तीन तस्वीर 

अत्यधिक चिसो बढेपछि डोल्पाको मुडकेचुला गाउँपालिका –१ स्थित नवज्योती आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत अमृता बोहरा विद्यालय बाहिर ढुङ्गामा बसेर घाम ताप्दै परीक्षा दिँदै ।
तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्शा प्राथमिक विद्यालयका विद्यार्थी दिवा खाजा खाँदै । व्यास नगरपालिकाले पुस १ गतेबाट नगरक्षेत्रभित्र सञ्चालित ७५ वटा विद्यालयका बाल विकास र कक्षा १ का विद्यार्थीलाई दिवा खाजाको शुरुवात गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका चिसो अत्यधिक बढेपछि विद्यालयमै आगोबालेर पठनपाठन गर्दै ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ०७ बजे

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक