आज २०७६ मंसिर ६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ मंसिर ६ गते शुक्रबारको राशिफल


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ मंसिर ६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । घरायसी कार्य अगाडी बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सफल यात्राको योगपनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आज सचेत रहनु होला । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधाहरू उत्पन्न हुनेछन् । तर नयाँ कार्यको योजना बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। अचल सम्पत्तिको उपयोगबाट लाभ हुनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ। तर फाइदाको रकम अरूकाे हातमा पर्न सक्छ। खर्चिलो कामका लागि सरसापट लिनुपर्ला। तत्काल फाइदा लिँदा पछिको आम्दानी घट्न सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । आज शुभकार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ४५ बजे

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री