फ्यानले घेरे अमिताभ बच्चनको घर, तर बिग बीले माग्नुपर्‍यो माफी ! | Khabarhub Khabarhub

फ्यानले घेरे अमिताभ बच्चनको घर, तर बिग बीले माग्नुपर्‍यो माफी !


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई बलिउड अभिनेता अमिताभ बच्चन जति व्यस्त होऊन् तर उनी फ्यानसँग जोडिएका हुन्छन् । उनी कहिलेकाहीँ सामाजिक सञ्जालका माध्यमबाट पनि फ्यानसँग कुराकानी गर्ने गर्छन् ।

प्रायः अमिताभ बच्चन कुनै मौका पारेर फ्यानसँग कुरा गर्न रमाइलो मान्ने गर्छन् । र, आइतबार फ्यानलाई उनले एक झलक पनि दिने गर्छन् ।

तर यो आइतबार भने उनी फ्यान भेट्न घरबाहिर निस्केनन् । जसकारण उनले माफी नै माग्नुपर्‍यो ।

अमिताभको घर पुगेका फ्यान निराश भएर फर्किनुपर्‍यो । जसकारण अमिताभले फ्यानसँग माफी मागे ।

अमिताभ बिरामी भएका कारण उनी फ्यानसँग भेट्न पाएनन् । हालै अमिताभ रुटिन चेकअपका लागि अस्पताल भर्ना भएका थिए । यसबीचमा कैयन् समाचार बाहिर आए । त्यसपछि अमिताभले ब्लगका माध्यमबाट उक्त अफवाह फैलाउनेप्रति दुःख व्यक्त गरे ।

आइतबार भने घरबाहिर भेट्न आएका फ्यानलाई भेट्न नपाएपछि उनले ट्वीटरमा लेखे, ‘मैले मानिनँ, र पनि मान्छे मलाई भेट्न आए, माफी चाहन्छु, म बाहिर आउन सक्दिनँ ।’

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  २ : १० बजे

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन