आफूलाई सधैँ फिट राख्न के गर्ने ? जानी राखौँ यी उपाय | Khabarhub Khabarhub

आफूलाई सधैँ फिट राख्न के गर्ने ? जानी राखौँ यी उपाय


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेका हरेक मानिस आफूलाई हरेक कुरामा फिट राख्न चाहन्छन् । त्यसमा पनि स्वास्थ्य र सौन्दर्यलाई बढी नै ख्याल गर्छन् । कोही पनि आफूलाई अरुले नराम्रो भनेको कुरा सुन्न चाहँदैनन् ।

उमेरले डाँडा काटे पनि जवान हुने सबैले चाहना राख्छन् । तर यस्तो चाहना राखेरमात्रै पनि हुँदैन । स्वास्थ र सुन्दर हुनका लागि फिटनेसप्रति पनि ध्यान दिन आवश्यक हुन्छ । अनि मात्रै तन्दुरुस्त बन्न सकिन्छ ।

यसका लागि आफ्नो फिटनेसको कसरी ख्याल गर्नुपर्छ भन्ने सन्दर्भमा यहाँ केही टिप्सबारे जानी राखौँ । र, यसलाई सधैँ पालना गरौँ ।

१. सन्तुलन भोजन

घरमा पकाएको साधारण खानाले मानिसको स्वास्थ्यमा नकरात्मक असर गर्दैन । त्यसैले बाहिरको खानामा कमै मात्रमा बल गर्नुपर्छ । गर्मीको समयपनि छ पानी स्वास्थ्यका लागि आवश्यक तरल पदार्थ हो । दिनमा ५ देखि ६ लिटरसम्म पिउँदा शरीरमा ऊर्जा दिनुका साथै निरोगी बनाउन सहयोग पुर्‍याउँछ ।

२. नियमित व्यायाम

फिट रहन धेरै समय व्यायाममा समय खर्चनु पर्दैन । बिहानको समयमा १५ देखि २० मिनेट जति शरीरमा पसिना आउने गरी व्यायाम गर्नुपर्छ । स्वास्थ्यका दृष्टिकोणले नियमित व्यायाम गर्न आवश्यक पर्ने चिकित्सकहरुको सुझाव छ ।

३. चिल्लो बन्देज

अत्यधिक पिरो र अमिलो खानेकुराले शरीरमा विभिन्न समस्या उत्पन्न गराउँछ । चिल्लो पदार्थले मानिसलाई ग्यास्ट्रिक, मोटोपनलगायतका समस्या निम्ताउँछ । तारेका माछा–मासु कम मात्रमा खाँदा स्वास्थ्यका लागि बढि फाइदा हुन्छ ।

४. सकारात्मक सोच

व्यवहार र विचारमा सकारात्मक ल्याउन सकेमा कुनै पनि व्यक्ति पूर्ण रुपमा स्वस्थ रहन सक्छ । अरुसँग राम्रो व्यवहार गर्ने, संगत राम्रो गर्ने र कामबारेमा सकारात्मक तरिकाले सोच्ने गर्ने हो भने मानिसको जीवनशैलीमा स्वतः परिवर्तन आउँछ ।

५. आफ्नै लागि समय

व्यस्त जीवनशैलीले आजकाल अधिकांश मानिस डिप्रेसनतिर गइरहेको छ । काम गर्नका लागि शरीरमा ऊर्जा आवश्यक हुन्छ । यसका लागि दिमाग शान्त हुनुपर्छ । त्यसैले, हरेक व्यक्तिले कम्तीमा १५ मिनेट आफ्नै लागि समय निकाल्न जरुरी छ । हरेक दिन शान्त ठाउँमा बस्ने र ग्याजेटबाट टाढा रहने हो भने फ्रेस भइन्छ ।

६. तनावबाट टाढा

कुनै मानिस फिट र फाइन रहन खुसी हुन जरुरी छ । आफन्त र साथीभाइसँगको सम्बन्ध कस्तो छ, तनाव कत्तिको लिन्छ या लिँदैन भन्नेमा निर्भर रहन्छ । यसले मानसिकसँगै शारीरिक स्वास्थ्यमासमेत बराबर प्रभाव पारिहेको हुन्छ । त्यसैले हरेक परिस्थितिमा पनि खुसी हुने कोसिस गर्छु । परिवारसँग प्रशस्त समय बिताउनु पर्छ ।

७. पर्याप्त निद्रा

आजभोलि प्रायः मानिस राति अबेरसम्म ग्याजेट चलाउने गर्छन् । यसले स्वास्थ्यमा ठूलो असर पारिरहेको छ । राति अबेरसम्म नसुत्दा निद्रा नपुग्ने समस्या हुन्छ । अनिद्राका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । तसर्थ, प्रशस्त निदाउनु आवश्यक हुन्छ । त्यसैले, समय मिलेसम्म ६ देखि ७ घन्टा सुत्ने गर्नु पर्छ । समयमा सुत्ने र बिहान पनि छिट्टै उठ्ने गर्नुपर्छ । निद्राले समेत खुसी र स्वस्थ रहन ठूलो मद्दत गरिरहेको हुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : २४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम