यी १२ लक्षण देखिए थाहापाउनुस् शरीरमा पानीको मात्रा पुगेन | Khabarhub Khabarhub

यी १२ लक्षण देखिए थाहापाउनुस् शरीरमा पानीको मात्रा पुगेन


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मानव शरीरका लागि पानी नभइ नहुने पदार्थ हो । दैनिक ४–५ लिटर पानी पिउन चिकित्सकहरुले सुझाव दिए पनि मानिसहरु पानी पिउनेतर्फ त्यति ध्यान दिँदैनन् ।

पानी नपिउँदा शरीरमा विभिन्न किसिमका रोगहरुको संक्रमण देखा पर्छ । आज हामीले शरीरमा पानीको मात्रा कम हुँदा के कस्ता लक्षण देखिन्छन् ? त्यस विषयमा यहाँ प्रस्तुत गरेका छौं–

टाउको दुख्छ

कुनै पनि रोग तथा विरामी नभएको बेला टाउको एक्कासी दुख्न थाल्छ भने शरीरमा पानीको मात्रा कम भएको हुनसक्छ । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

केही खानासाथ तत्काल भोक लाग्छ

बढी तिर्खा लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुने

जब शरीरमा चाहिनेजति पानीको मात्रा हुँदैन तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

काममा ध्यान जाँदैन

दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

छाला सुक्खा हुन्छ

चलिरहेको मौसम विपरीत प्रायः तपाईंको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पनि शरीरमा पानीको मात्रा कम हुनु हो । यदि तपाईं नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकतअनुसार प्रशस्त पानी पिउनुपर्छ ।

पिसाब पहेँलो हुने

तपाईंले पिसाब पहेँलो छ भने पनि शरीरमा पानीको मात्रा कम भएको हो । सामान्य अवस्था भन्दा धेरै पहेँलो हुनु स्वास्थका लागि राम्रो मानिदैन ।

एसिडिटी बढ्छ

तपाईंलाई एसिडिटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने शरीरमा पानीको मात्रा नपुगेर हो । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

धढ्कन बढाउँछ

यदि तपाईंको मुटुको चाल अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो ।

चक्कर लाग्ने वा अचानक डराउने

अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउनेलगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

श्वास गनाउने

यदि तपाईंको शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

मुख सुक्खा रहन्छ

प्रायः मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्नेबित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ ।

मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ

पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १० : १७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम