अन्तर्राष्ट्रिय गोजुरियो करातेमा नेपालले जित्यो रजत पदक | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय गोजुरियो करातेमा नेपालले जित्यो रजत पदक


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियामा सम्पन्न ५औँ अन्तर्राष्ट्रिय गोजुरियो करातेमा धनगढीका कमल ओलीले नेपालका लागि रजत पदक जितेका छन् ।

ओली ६० किलो तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी र दोस्रो चरणमा भारतीय खेलाडीलाई पाखा लगाउँदै अघिल्लो चरण प्रवेश गरेका थिए । सेमिफाइनलमा फ्रान्सका खेलाडीलाई हराउँदै उनी फाइनल प्रवेश गरेका थिए ।

फाइनलमा रोमानियाका खेलाडीसँग उनी झिनो अन्तरले पराजित हुँदै नेपालका लागि पहिलो रजत पदक दिलाउन सफल भए । प्रतियोगितामा नेपालको हालसम्म पदक तालिकामा १ रजत रहेको छ ।

कमलले ८ औ राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन् । ओली धनगढी उप(महानगरपालिका २ सन्तेषीटोलका स्थानीय हुन् । यो पदक गोजुरियो करातेको इतिहासमै नेपालले प्राप्त गरेको सबै भन्दा ठूलो पदक भएको मलेसियाबाट अन्तर्राष्ट्रिय रेफ्री प्रकाश चन्दले जानकारी ‍दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम