भारतले पाकिस्तानतर्फ बग्ने नदीको बाटो ब‌ंग्याउँदै | Khabarhub Khabarhub

भारतले पाकिस्तानतर्फ बग्ने नदीको बाटो ब‌ंग्याउँदै


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले पाकिस्तानतर्फ जाने नदीमा पानीको अंश कम गर्ने भएको छ । ४४ जना भारतीय अर्धसैनिकको ज्यान जानेगरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती बम आक्रमणपछि भारतीय जलश्रोतमन्त्री नितिन गड्करीले भारत भएर पाकिस्तान जाने तीन नदिहरुको पानीको बाटोलाई परिवर्तन गरी भारततर्फ ल्याउने परियोजना अघि बढाउने जनाएका हुन् ।

एक साताअघि भएको आक्रमणको जिम्मा पाकिस्तानलाई आधार बनाएर कश्मीरमा सक्रिय आतिवादी समूह जैश ए मोहम्मदले लिएको थियो । आक्रमणपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । उनले तीन नदीहरु व्यास, राबी र सत्लज नदीका पानीको धारलाई परिवर्तन गरी भारतको यमुना नदीतर्फ जोड्ने परियोजना अघि बढाइने जनाएका हुन् ।

त्यसका लागि भारतले राबी नदीका लागि शाहपुर – काण्डीमा परियोजना निर्माणको प्रकृया अघि बढिसकेको र व्यास सत्लजमा पनि यस्तै परियोजना बनाइने गड्करीको भनाइ छ । यदी यस्तो परियोजना अघि बढाइएमा यमुना नदीमा पानीको सतह बढ्ने र त्यस नदीमा आश्रित मानिसहरुलाई फाइदा पुग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९६२ मा भारत र पाकिस्तानबीच जलश्रोत सम्बन्धी भएको सन्धीअनुसार भारतले भारत–पाकिस्तान सीमा भएर बग्ने तीन नदीहरु राबी, व्यास र सत्लज नदीको पानीमा नियन्त्रण गर्न सक्ने प्रावधान छ भने पाकिस्तानले इन्दु, चेनब र झेलुम नदीको पानीमा नियन्त्रण गर्नसक्ने प्रावधान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : २९ बजे

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज 

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख