लागुऔषध सहित ४ जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध सहित ४ जना पक्राउ


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरुलाई विहीबार लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुबाट काठमाण्डौ आउँदै गरेको लु. २ ख. ८६४० नम्बरको गाडी चेकजाँचका क्रममा कपिलवस्तुका मनोज बराइलीलाई नाईट्राभेट २७ ट्याबलेट सहित पक्राउ गरेको हो ।

यसैगरी धरानबाट काठमाडौं आउँदै गरेको ना‍.५ ख. ४६८९ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा सिराहाका प्रदीप कुमार चौधरी र सुनसरी ईनरूवाका विकास चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नाईट्राभेट १ सय ८० ट्याबलेट बरामद गरेको छ । त्यस्तै, बा.२ ख. २९४७ नम्बरको बस चेकजाँचका क्रममा लागुऔषधसहित मकवानपुर थाहा नगरपालिकाका राजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध चरेश ३ के.जी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ५ : २९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत