वडाध्यक्षलाई नै झुक्याएर नागरिकता लिने दुई पक्राउ | Khabarhub Khabarhub

वडाध्यक्षलाई नै झुक्याएर नागरिकता लिने दुई पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जनालाई झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरुलाई पक्राउ गरेको हो ।

नागरिकता बनाउनका लागि अनिवार्यरुपमा वडा कार्यालयबाट त्यही वडावासी भएको सिफारिश लिनुपर्ने हुन्छ । आफू नभएका बेलामा कर्मचारीले सिफारिश बनाइदिएको र सही गर्ने बेलामा शङ्का लागेर सोध्दा स्थानीयलेसमेत बुद्धिबहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिश दिएको बेनिघाट रोराङ– १० का वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताए ।

बुद्धि बहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन । धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भने, “प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका व्यक्तिको वास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौँ ।” पक्राउ परेकाबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए ।

अनुसन्धान सकिएपछि बेनिघाट रोराङ– १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए । झुक्याएर नागरिकता लिनेलाई पनि कानूनअनुसार कारवाही गरिने उनले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ३० बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको