नेकपा सचिवालय बैठक बिहीबार पुनःबस्ने | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक बिहीबार पुनःबस्ने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायतका विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै कुनै निर्णयमा पुगन सकेन ।

बैठकमा ती विषय प्रवेश पाए पनि थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।

यस्तै पार्टीका नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा भने कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असमति जनाए ।

प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : २६ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको