प्रहरीमा जाहेरी दिन टेकु पुगिन् रवि पत्नी निकिता | Khabarhub Khabarhub

प्रहरीमा जाहेरी दिन टेकु पुगिन् रवि पत्नी निकिता


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसहित ३ जनाविरुद्ध उजुरी दिन गएकी पुगेकी छिन् ।

उजुरी दिन निकिता महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी हुन् ।

उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ र नेपालआजडट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

निकिताको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण किर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको परिसर स्रोतले जानकारी दियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निकिता पौडेल उजुरी दर्ता गर्न आएको पुष्टि गरे ।

‘अहिले उहाँहरु उजुरी दर्ता गर्न भनेर यहाँ आउनुभएको छु’ एसएसपी सुवेदीले खबरहबसँग भने ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  २ : १३ बजे

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित