आज माल्दिभ्ससँग हारे नेपाल एभिसीको इतिहासकै कमजोर! | Khabarhub Khabarhub

आज माल्दिभ्ससँग हारे नेपाल एभिसीको इतिहासकै कमजोर!


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल आज (बुधबार) माल्दिभ्ससँग खेल्दैछ । घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्न माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

नेपाल जस्तै माल्दिभ्स पनि सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिँदैछ । माल्दिभ्स पनि किर्गिस्तानसँग पराजित भएसँगै प्रतियोगिता जित्नै पर्ने दबाबमा छ ।
प्रतियोगितामा नेपाललाई ३–० को सोझो सेटमा नेपाललाई पराजित गरेको किर्गिस्तानले मंगलबार माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगितामा सेमिफाइनल पुग्ने किर्गिस्तान पहिलो टोली हो ।

कुनै समय माल्दिभ्स नेपालभन्दा बलियो टोलीका रुपमा सेन्ट्रल जोनमा रहेको थियो । तर, पछिल्ला दुई संस्करणमा भने माल्दिभ्सले नेपालविरुद्ध नजिता हात पार्न नसक्दा तुलनात्मक रुपमा कमजोर टोलीका रुपमा हेरिएको छ ।

पहिलो खेलमा सोझो सेटमा गुमाएको नेपालले माल्दिभ्सविरुद्ध जीतको विकल्प हुनेछैन् । साथै घरेलु कोर्टमा घरेलु दर्शकको साथले पनि नेपालमाथि दबाब बनाइ राख्नेछ ।

राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदि भट्ट पनि माल्दिभ्सविरुद्ध नेपालसामू जीतको विकल्प नभएको स्पष्ट पार्छन । साथै, उनी नेपाली टोलीमाथि आत्मविश्वासी पनि देखिन्छन् ।

‘आजको खेलमा जुनसुकै अवस्थामा पनि जित्नै पर्छ । प्रतियोगितामा पछिल्लो समय नेपाल माल्दिभ्सविरुद्ध हावी हुँदै आएका कारण पनि आजको खेल हामी जित्छौं,’ प्रशिक्षक भट्टले भने,‘ किर्गिस्तानसँगको खेल पनि जित्नु पर्ने थियो । खेलाडीहरुले राम्रो खेलेका हुन् । तर, सेट गुमाउँदा हार व्येर्होनु पर्यो ।’

तर, खेल सधै हामीले सोचे अनुरुप अगाडि नबढ्न सक्छ । यदी त्यसो भयो र कुनै पनि अवस्थामा नेपालले माल्दिभ्सविरुद्धको खेल गुमाउनु परेपनि नेपालले एक नयाँ इतिहास रच्नेछ । त्यो हो, एभिसी भलिबल च्याम्पियनसिपमा प्रतियोगितामा एक पनि जित्न नसक्नु । यसअघिका चारवटै संस्करणमा सेमिफाइनलसम्म पुगेको नेपाल पाँचौ संस्करणमा घरेलु मैदान र दर्शकका साथ प्रतियोगितामै एक खेल पनि जीत्न नसकेर प्रतियोगिताबाट बाहिरिनेछ । र त्यो अहिलेसम्मकै कमजोर प्रदर्शनका रुपमा कहलिनेछ ।

नेपाल माल्दिभ्समा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनमा कास्य जित्न सफल भएको थियो । त्यो नै अन्तर्राष्ट्रिय स्तरमा नेपाली भलिबलमा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी थियो ।

पहिलो पटक नेपालमा आयोजना भएको एभिसी भलिबल च्याम्पियनसिपका लागि घरेलु टोलीले २ महिना बन्द प्रशिक्षण गर्यो । जसमा लागि डच प्रशिक्षक हान एबिङले नेपाली टोलीलाइै प्रशिक्षण दिलाए ।

प्रतियोगिता अगाडि नेपाली टोलीका प्रशिक्षकको दावी थियो । प्रतियोगितामा मेडल जित्ने तर, समूहमा बलियो टोली किर्गिस्तान परेपछि नेपाललाई अफ्ठ्यारा्े भएको थियो भने बुधबारसम्म आइपुग्दा सेमिफाइनलको हिसाबकिताब गर्नु पर्ने अवस्था छ ।

नेपाल र माल्दिभ्सविरुद्धको खेल त्रिभुवन आर्मी क्लबको लगनखेलस्थित कर्भडहलमा बेलुकी ५ बजे शुरु हुनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : २३ बजे

आइपिएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै