घर मै हुन्छ एसिडिटीको उपचार | Khabarhub Khabarhub

घर मै हुन्छ एसिडिटीको उपचार


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो व्यस्त दैनिकी चलिरहेको छ । त्यसैले गर्दा खानपानका बेला खास ध्यान पुग्दैन । खानपानमा ध्यान नपुगेपछि अनगन्ती रोगले गाज्छ ।

हामीले खाएको खाना पाचन गराउने पेटमा एक प्रकारको एसिड उत्पन्न हुन्छ । यदि, अस्वस्थ वा एसिडिटि उत्पादन गर्ने खाना खाएको खण्डमा पेटमा आवश्यकभन्दा बढी एसिड बन्छ । जसको कारण हामी एसिडिटिको शिकार हुन पुग्छौ । एसिडिटिका कारण स्वस्थ्यमा धेरै असर गर्छ । जसलाई केहि घरेलु उपचारविधिबाट नियन्त्रण गर्न सकिन्छ ।

एसिडिटिको घरेलु उपचार विधि

१. यदि तपाईमा एसिडिटीको समस्या छ भने, तुलसी पत्ताको पाउडर बनाएर त्यसमा ज्वानोको झोल र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खानुहोला, एसिडिटिबाट जोगिन सकिन्छ ।

२. नसुकेको अदुवाको रसमा मह मिसाएर नियमित पिउँदा पनि एसिडिटीबाट आराम मिल्छ ।

३. ताजा एलोभेराको पत्ताबाट जेलि निकालेर जुस बनाई पिउँदा पनि एसिडिटी घट्छ ।

४. पुदिनाको पातलाई सफा गरी पानिमा उमालेर पिउँदा एसिडिटी जोगिन सकिन्छ।

५. जाइफलको धुलो एक कप पानीसंग पिएमा एसिडिटीबाट बच्न सक्नुहुन्छ।

६. कागतीको रस मनतातो पानीमा मिसाएर प्रयोग गर्दा एसिडिटिको समस्याबाट मुक्ति मिल्छ ।

७. एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै बिस्तारै पिउँदा एसिडिटी घटेर जान्छ ।

८. कागतीको रस, मह र तातो पानीमा मिलाएर पिउँदा पनि एसिडिटिबाट राहत मिल्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ०६ बजे

कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु

काँक्रेविहार– कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती