१५ वर्ष मुनिको साफ च्याम्पियनमा नेपाल र भारत भिड्दै | Khabarhub Khabarhub

१५ वर्ष मुनिको साफ च्याम्पियनमा नेपाल र भारत भिड्दै


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाचौं संस्करणको १५ वर्ष मुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा आज (बुधबार) नेपाल र भारत भिड्दैछन् ।

प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रँदैछ । भारतको कल्याणीस्थित कल्याणी रंगशालामा हुने खेल अपरान्ह सवा १२ बजे शुरु हुनेछ ।

नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

भारतपछि नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ५६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम