असल मित्र कसरी बनाउँने र बन्ने ? | Khabarhub Khabarhub

असल मित्र कसरी बनाउँने र बन्ने ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आजको सूचनाप्रविधिको संसारबारे जति नै तारिफ गरे पनि शायद कम नै हुन्छ । यसकै माध्यमबाट हामी आफन्त तथा साथीभाइहरुसँग अत्यन्तै सहज ढंगले कुराकानी गर्न सक्छौँ । तर पनि अहिलेका मानिसहरुको आपसी सम्बन्ध पहिले–पहिले जति हुन्थ्यो त्यो किसिमको प्रगाढ भने भएको पाइँदैन ।

अहिलेका मानिसहरुको कतिपय सम्बन्ध देखावटी मात्रैको हुन्छ । तर पुरानो जमानाको कुरा गर्ने हो भने एक पटक चिनजान भएपछि त्यो सम्बन्ध वर्षौं वर्षसम्म कायम रहने गरेको प्रशस्त उदाहरण देख्न पाइन्छ ।

तपाईंलाई थाहा हुनु पर्ने कुराः

केही हदसम्म सूचनाप्रविधिसँग जोडिएका केही कुराहरु पनि मानिसहरुको सम्बन्धका विषयमा जिम्मेवार छन् । अहिलेको समयमा मोबाइल फोनमार्फत एकअर्कालाई म्यासेज गर्नु, साथी बनाउन सकिने वेबसाइटहरुको प्रयोग अर्थात सामाजिक सञ्जाल र यसको प्रयोगमार्फत खुला रुपमा आफ्नो विचार भन्न सक्नु जस्ता कुरा सामान्य भइसकेको छ ।

यसैको माध्यमबाट आजका मानिसलाई साथी बनाउन प्रत्यक्ष भेटिरहन आवश्यक छैन । अहिलेका मानिसहरु आफ्ना साथीलाई एकपछि अर्को म्यासेज त पठाइरहेका हुन्छन्, यस्तै ट्वीट गरिरहेका हुन्छन् । तर यस किसिमको कुराकानी तथा सन्देश आदानप्रदानमा त्यो मज्जा हुँदैन, जुन पहिलेका मानिसहरुले गर्ने कुराकानीमा हुन्थ्यो ।

आर्टिफिसियल म्याच्युरिटी नामक एक किताबमा भनिएको छ, ‘अहिलेको समयमा एकअर्कालाई भेटेर कुराकानी एकदमै कम हुने गर्छ । बालबालिका पनि आमनेसामने भएर त्यति धेरै कुराकानी गर्दैनन् । जति उनीहरु मोबाइल तथा कम्प्युटरको अगाडि बसेर कुरा गर्छन् ।’

के गर्ने ?

कतिपय अवस्थामा इन्टरनेट तथा फोनमा साथीसँग कुरा गर्दा हामीलाई आफुहरुको सम्बन्ध प्रगाढ भएको लाग्न सक्छ । तर वास्तविकता त्यस्तो हुँदैन । त्यसैले साच्चै नै मोबाइल तथा इन्टरनेटका कारण मानिसहरुमा मित्रताको सम्बन्ध प्रगाढ बन्न नसकेकै हो त ? पक्कै पनि सम्बन्ध प्रगाढ नहुनुमा सूचना प्रविधिको केही न केही हात हुन्छ नै ।

तर फोन तथा इन्टरनेटमा मात्रै नभइ आफ्ना साथीसँगको मित्रता प्रगाढ बनाउन आमनेसामने भेट गरेर कुराकानी पनि गर्नु पर्छ ।
मोबाइल फोन तथा इन्टरनेट एकअर्काको सम्बन्ध जोड्नका लागि पुल हुन सक्छ । तर उनीहरुलाई नजिक ल्याउँन सक्दैन । त्यसैले प्रत्यक्ष भेटघाट गर्न अत्यन्त आवश्यक हुन्छ ।

सच्चा मित्रको पहिचान गर्नुहोस्

पवित्र शास्त्रमा उल्लेख भए अनुसार एक सच्चा मित्र भाइभन्दा पनि माथिको सम्बन्धको हुन्छ । यस्तै साथी बनाउन चाहनु हुन्छ भने फोन तथा इन्टनेटमा कुराकानी गर्ने साथीका विषयमा आफैलाई यस किसिमका प्रश्न सोध्नुहोस्, जोसँग म कुराकानी गर्छु, उसँग त्यस्तो खास के छ ? उसले मेरो कुन कुरालाई बढी मन पराउँछ ?

कुन कुराले महत्व राख्छ सोच्नुहोस्

इन्टरनेट तथा फोनले जोडिएका मित्र र आफ्नो मन छुने सोख तथा आनीबानी आफ्नो जस्तै होस् भन्ने चाहना हुन्छ । तर यो भन्दा पनि जरुरी कुरा भनेको दुवैको एउटै सिद्धान्त वा विचार हुन आवश्यक छ ।

मिलेर कुराकानी गर्ने

एकआपसमा भेट गरेर कुराकानी गर्नुमा जति आनन्द र आत्मिय हुन्छ, त्यति फोन तथा इन्टरनेटमा हुँदैन । सौहार्दपूर्ण वातावरणमा तपाईंले आफ्ना साथीसँग कुराकानी गर्दा उसको लवज, हाउभाउलगायत सम्पूर्ण कुरालाई नजिकबाट नियाल्न पाउनुहुन्छ । यसले सम्बन्धलाई थप प्रगाढ बनाउने छ ।

चिठ्ठी लेख्नुहोस्

अहिलेको जमानामा चिठ्ठी लेख्नु धेरै पुरानो कुरा भइसकेको छ । अहिले मानिसहरु यति धेरै व्यस्त हुन थालेका छन् कि एउटै समयमा धेरैभन्दा धेरै काम गर्छन् । यस्तो अवस्थामा सायदै कसैलाई चिठ्ठी लेख्ने फुर्सद होला । तर वास्तवमै तपाईंले चिठ्ठी लेख्नु भयो भने तपाईंको साथीलाई अत्यन्तै राम्रो लाग्ने छ । तपाईंले उसका लागि यतिसम्म समय दिन र सोच्न सक्नु भयो भनेर साथीले कदर गर्नेछन् ।

सय कुरामा एक कुरा

सच्चा साथीले तपाईंको हालखबर मात्र जान्नका लागि कुराकानी गर्दैनन् । उनीहरु एकअर्कालाई माया गर्छन्, एकअर्काको पीडा बुझ्छन्, उनीहरु एकअर्कालाई गल्तिमा पनि माफ गर्छन् ।

साच्चै नै यस्तै गर्नेहरुको मित्रता पक्का भएर जानेछ । तर इन्टरनेट तथा फोनमार्फत भने यस किसिमको सच्चा मित्रता बनाउन सकिँदैन ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : ५६ बजे

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी