छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी | Khabarhub Khabarhub

छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् ।

छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए ।

उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । निवेदनमा उनले छविराज ओझाले शिल्पा पोखरेलसँग बिहे गरेको भनेर सोध्दा ‘के छ तिमीहरुसँग प्रमाण ?’ भन्दै उल्टो प्रतिप्रश्न गरेको बताएकी छिन् ।

उनले पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि आफैले खोजी उहाँ नजिकका व्यक्तिहरुलाई सहयोग मागी उहाँकै कार्यालयबाट सहयोग मागी कर्मचारीमार्फत शिल्पा र छविको बिहे भएको थाहा पाएपछि उजुरी दिएको बताएकी हुन् ।

केही हप्ताअघि छविराजविरुद्ध नायिका शिल्पा पोखरेलले घरेलु हिंसाविरुद्ध उजुरी दिएकी थिइन् । शिल्पाले छविले आफूमाथि हातपात गरेको भन्दै डिभोर्स मागेकी थिइन् । यसैबीच छविकी पूर्वपत्नीले हेमाले बहुविवाहको आरोप लगाउँदै उजुरी दिएकी हुन् । हेमाका अनुसार छविले लामो समयदेखि आफूले बिहे गरेको कुरा लुकाउँदै आएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : १९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार