म्यानपावर कम्पनीलाई तत्काल शाखा कार्यालय खोल्न अनुमति दिएको छैन : विभाग | Khabarhub Khabarhub

म्यानपावर कम्पनीलाई तत्काल शाखा कार्यालय खोल्न अनुमति दिएको छैन : विभाग


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले इजातवाला म्यापावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति नदिएको जनाएको छ । वैदेशिक रोजगार ऐन शंसोधनमा म्यानपावर कम्पनीलाई शाखा कार्यालय प्रदेश स्तरमा खोल्न दिने व्यवस्था भएपनि नयाँ कार्यविधि बनाएर मात्र शाखा कार्यालय सञ्चालन गर्ने दिने विभागले जानकारी दिएको छ ।

पछिल्लो समय म्यानपावर कम्पनी र सरकार बीच म्यानपावरले राख्ने धरौटीका विषयमा टुंगो लाग्न सकेको छैन । वैदेशिक रोजगार ऐन संशोधन भई लागू भएपनि शाखा कार्यालय कसरी सञ्चालन गर्न दिने भन्ने कार्यविधि निर्माण भइरहेको विभागका महानिर्देशक भीष्मकुमार भुषालले बताए ।

‘धरौटीको टुंगो नलागेसम्म शाखा कार्यालय खोल्न अनुमति दिएको छैन । शाखा कार्यालय कसरी चलाउन भने विषयमा कार्यविधि निर्माण भइरहेको छ ।’ महानिर्देशक भुषालले भने, ‘भ्रम फैलाएर कसैले शाखा कार्यालय खोलेको भेटिए कानूनी कारवाही हुन्छ ।’

पुराना शाखा कार्यालयको कागजागत देखाएर शाखा कार्यालय खोलेर भ्रम फैलाइरहेको उनको भनाई छ । पछिल्लो समय म्यानपावर कम्पनीले म्यानपावरका शाखा कार्यालय मुख्य-मुख्य शहरमा खोल्न थालेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : १५ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन