पतनको दिशातिर नेकपाको सरकार | Khabarhub Khabarhub

पतनको दिशातिर नेकपाको सरकार



दुईतिहाइ मतसहितको नेकपाक‍ो सरकार हरदिन हरक्षेत्रबाट पतनको दिशातिर गइरहेको छ। यो सरकार निर्माण भएको झण्डै डेढ वर्ष भयो। यसले एउटा क्षेत्रमा सन्तोषजनक काम गरेको छैन। राजनीतिक क्षेत्रमा पनि यो सरकार पतनको दिशाातिर गइरहेको छ। आार्थिक क्षेत्रमा पनि यो सरकार पतनको दिशाातिर गइरहेको छ। सामाजिक क्षेत्रमा पनि यो सरकार पतनको दिशाातिर गइरहेको छ। साँस्कृतिक क्षेत्रमा पनि यो सरकार पतनको दिशाातिर गइरहेको छ।

न नाङ्गिएको यो ओली नेतृत्वको नेकपाको दुई तिहाई बहुमतवाला सरकारको कुनै स्थान छैन। यो सरकारले समाजवाद उन्मुख कार्यक्रम ल्याउने घोषणा गर्यो तर पुँजीवादी तथा दलाल तथा नोकरशाही पुँजीवादी र सामन्तवादीहरुलाई खुसी तुल्याउने र त्यही वर्षको संरक्षण गर्ने कार्यक्रम ल्याए पछि त्यहाँ यो सरकार नाङ्गिएन मात्र पतनको यात्रा तय गर्न पुग्यो। यसले कम्युनिस्टको दुई तिहाईको सरकार भएको संज्ञा दियो , पार्टीको नाम पनि कम्युनिस्ट पार्टीको राख्यो।

दुईतिहाइ बहुमत प्राप्त ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै असफल सरकारको रुपमा दर्ज भएको छ। यो सरकार किन यति छिट्टै नाङ्गियो त ? यो गम्भीर प्रश्न हो।

कार्यलयहरुमा कम्युनिस्ट पार्टीकै साइनबोर्डहरु झुन्ड्यायो , आफ्ना कार्यलयहरुमा कम्युनिस्ट पार्टीका हसिया हतौडा अंकित लाल झण्डाहरु फहरायो। र जताततै कम्युनिपार्टीको हल्स्रको त्यो पनि डब्बल कम्युनिस्ट पार्टीको हल्ला पिट्यो तर कतै पनि कम्युनिस्टको ब्यवहार नगरे पनि यो सरकार नेपाली जनताको बीचबाट नाङ्गियो।

यसले जनतालाई ढाँट्नसम्म ढाँट्दै अगाडि बढी रहयो। यसले शिक्षाका क्षेत्रमा , स्वास्थ्यका क्षेत्रमा पनि पुँजीवादी कार्यक्रम र ब्यवहार गर्‍यो। यो सरकारले यस क्षेत्रमा एक अंश पनि कम्युनिस्ट पार्टीको झलक दिन सकेन। शिक्षा र स्वास्थ्यका क्षेत्रमा माफियाकरण हावी गरायो जनताको हाड सकायो। कतै पनि, कत्ति पनि सन्तोष हुने काम गर्ने आँट गर्न सकेन। किनभने यो कम्युनिस्ट संस्कृति र संस्कारबाट पतन भइसकेको थियो।

मुलुकको विकासको लागि समृद्धिको नारा दियो , देश झनै जरजर गरीबीको रेखा तिर बढ्दै गयो । मुलुकमा बेरोजगारी समस्या बढेर गयो। बेरोजगारीका कारण लाखौं युवा शक्ति विदेश पलायन भयो। उल्टै यो सरकार विभिन्न मुलुकहरुमा युव शक्ति बेच्नका लागि रोजगार सम्झौता गर्दै हिड्न थाल्यो। रेमिटेन्सले देशको आर्थिक भार थामिएको बखान गर्दै हिड्न थाल्यो।

नाम कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत प्राप्त सरकारको नाम दियो तर काम र व्यबहार भने बुर्जुवा वर्गकै जस्तो गर्दै अगाडि बढ्यो। नेपालक‌ै सन्दर्भमा भन्ने भने नेपाली कांग्रेसको भन्दा फरक भएन।

मुलुकको शान्ति सुरक्षाको क्षेत्रमा असफल मात्र भएन नराम्रो सँग नाङ्गिय‍ो। मुल्यवृधि र महंगि बढाउने काला व्यापारी तथा कमिशनखोर माफियाहरुलाई कार्यवाही गर्नुको सट्टा उनीहरूलाई संरक्षरण गर्न पुग्यो। यहा पनि यो सरकार जनताको बीचबाट नाङ्गियो।

सञ्चार जगतलाई अंकुश लगाउने उद्देश्यले काउन्सिल विधेयक ल्यायो त्यहा पनि यो सरकार नाङ्गियो। हचुवाको तालमा यो सरकारले गुठी विधेयक ल्यायो , जनताको विरोधका कारण यो सरकार इतिहासमै सबैभन्दा बढी नाङ्गियो।

हचुवाका भरमा त्रिभुवन विश्व विद्यालय आयोग गठन गर्‍यो त्यहा पनि यो सरकार नाङ्गियो। हचुवा कै भरमा लोकसेवा विधेयक ल्यायो त्यहा पनि यो सरकार नाङ्गियो । अत: यो डब्बल नेकपाको सरकार ननाङ्गिएको कुनै ठाउँ छैन।

नेकपाको सरकारले कांग्रेस, पञ्चेहरुलाई समेत जित्यो। जसका कारण यो डब्बल नेकपाको सरकार पतनको दिशातर्फ सवार गरिरहेको छ। कुनै पनि बेला हुने सम्भावित दुर्घटनाबाट बच्न यसका कार्यशैलीहरु नै बाधक सावित हुनेछन्।

दुईतिहाइ बहुमत प्राप्त ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै असफल सरकारको रुपमा दर्ज भएको छ। यो सरकार किन यति छिट्टै नाङ्गियो त ? यो गम्भीर प्रश्न हो। यसको एक मात्र कारण हो – यसले नाम कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत प्राप्त सरकारको नाम दियो तर काम र व्यबहार भने बुर्जुवा वर्गकै जस्तो गर्दै अगाडि बढ्यो। नेपालक‌ै सन्दर्भमा भन्ने भने नेपाली कांग्रेसको भन्दा फरक भएन।

अझै कांग्रेस, पञ्चेहरुलाई समेत जित्यो। जसका कारण यो डब्बल नेकपाको सरकार पतनको दिशातर्फ सवार गरिरहेको छ। कुनै पनि बेला हुने सम्भावित दुर्घटनाबाट बच्न यसका कार्यशैलीहरु नै बाधक सावित हुनेछन्।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : २० बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय