‘कबीर सिंह’पश्चात शाहीदले बढाए पारिश्रमिक, ३ करोडबाट कति पुर्‍याए ? | Khabarhub Khabarhub

‘कबीर सिंह’पश्चात शाहीदले बढाए पारिश्रमिक, ३ करोडबाट कति पुर्‍याए ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शाहीद कपूरको फिल्मी करियरमा ‘कबीर सिंह’ले निकै हाइप लिएको छ । यसैलाई नै अहिलेसम्मकै सफलता मानिएको छ । यही सफलतापछि शाहीद कपूरले यतिबेला आफ्नो पारिश्रमिक बढाएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अभिनेता शाहीद कपूरले पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्‍याएका छन् ।

फिल्म ‘कबीर सिंह’ शाहीद कपूरको पहिलो शोलो हिट फिल्म हो । यस फिल्मले बक्स अफिसमा कसैले नसोचेको सफलता हासिल गरेको छ । जसका कारण फिल्मले शाहीद कपूरलाई एकाएक सुपरहिट अभिनेता सावित गरिदियो ।

फिल्मका लागि शाहीदले आफ्नो पारिश्रमिक ३० करोड पुर्‍याएका छन् । शाहिदलाई ‘कबीर सिंह’ का लागि जम्मा ३ करोड रुपैयाँ पारिश्रमिक दिइएको थियो । शाहीद कपूरको फिल्म ‘कबीर सिंह’ ले अहिले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा उनी एक रिसाहा सर्जनको भूमिकामा देखिएका छन् ।

रिसाहा र पागल प्रेमी बनेका शाहीदको प्रेमिकाको रुपमा अभिनेत्री कियारा अड्वाणीको अभिनय रहेको छ । यो फिल्म साउथ फिल्म‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । शाहीद र कियाराका साथै फिल्ममा अर्जुन बाजवा, सुरेश ओबेरोय, कामिनी कौशल, आदिल हुसैन र निकिता दत्ताको अभिनय रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : ५९ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्