सरकारले प्रभावकारी ढंगले काम गर्न सकेन : नेता कोइराला | Khabarhub Khabarhub

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेन : नेता कोइराला


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भक्तपुर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षालाई ध्यानमा राखेर प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जनअपेक्षालाई ध्यानमा राखेर सरकार जानुपर्नेमा जोड दिए ।

सरकारले दुई तिहाइको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अगाडि बढेको बताउँदै मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र पत्रकारिता र न्यायलयमाथि चुनौती थपिएको डा कोइरालाले आरोप लगाए । प्रधानमन्त्रीले संघीयताको मर्म विपरीत सबै शक्ति आफैँमा केन्द्रित गर्न खोजेको आरोप लगाए ।

नेपाली कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको बताउँदै कोइरालाले अहिलेकै अवस्थामा कांग्रेस पार्टी बलियो हुन नसक्ने बताए । पार्टी बलियो बनाउन कांग्रेस सङ्गठनलाई एकै ठाउँमा उभ्याउनुपर्ने उनको भनाइ थियाो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ५८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत