जन्ती बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते | Khabarhub Khabarhub

जन्ती बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको खप्तड छान्ना गाउँपालिका– ४ बाट जयपृथ्वी नगरपालिकाको सुवेडातर्फ जन्ती लिएर आउँदै गरेको से१ज ७१८ नंको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।

खप्तड छान्ना गाउँपालिका– २ को बाँसपाटामा भएको दुर्घटनामा परी खप्तड छान्ना गाउँपालिका– ४ का ६० वर्षीय वासुदेव जोशीको मृत्यु भएको स्थानीयवासी केशवराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परी चालकसहित ७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर ल्याइएको छ ।

नेटाकाँटीयाबाट चैनपुरतर्फ जन्ती बोकेर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : ५३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम