मोबाइल बैकिङ सुबिधा लिनेको संख्या बढ्यो | Khabarhub Khabarhub

मोबाइल बैकिङ सुबिधा लिनेको संख्या बढ्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एकवर्षमा मोबाइल बैकिङ सुबिधा लिनेको संख्या करिब ३० लाखले बढेको छ ।

नेपाल राष्ट्र बैकका अनुसार अघिल्लो वर्ष ३५ लाख ३० हजार ३० हजार २ सय २७ जनाले मोबाइल बैकिङ सुबिधा लिएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या बढेर ६३ लाख ९४ हजार ९ सय १६ पुगेको हो ।

अघिल्ला आर्थिक वर्षमा इन्टरनेट बैकिङ सुबिधा लिनेको संख्या ८ लाख ४२ हजार ४ सय ३१ रहेकोमा चालु आर्थिक वर्षमा यो संख्या बढेर ८ लाख ५६ हजार ६ सय ९६ पुगेको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा सबै बैकका २ हजार ६ सय ३८ एटिएम रहेकोमा चालु आर्थिक वर्षमा ३ हजार ४९ पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा डेटि कार्ड लिनेको संख्या समेत बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५७ लाख ६९ हजार १ सय २८ रहेकोमा बढेर चालु आर्थिक वर्षमा ५९ लाख ६२ हजार ८ सय ३८ पुगेको छ । क्रेडिट कार्ड लिनेको संख्या समेत अघिल्लो वर्षको तुलनामा करिब ७ हजारले बृद्धि भएको छ ।

राष्ट्र बैकका अनुसार अघिल्लो आर्थिक वर्षमा क्रेडिट कार्ड लिने ९४ हजार ७ सय १६ रहेकोमा चालु आर्थिक वर्षमा बढेर १ लाख ५ सय २७ पुगेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : ५३ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले