नेकपा स्थापना दिवसमै एकता टुंग्याउने सहमति | Khabarhub Khabarhub

नेकपा स्थापना दिवसमै एकता टुंग्याउने सहमति


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम बैशाख ९  गते  (भोलि) अर्थात नेकपा स्थापना दिवसकै दिन टुंग्याउने सैद्धान्तिक सहमति भएको छ ।

११ महिनादेखि अल्झिएको एकता प्रक्रियालाई टुंग्याउन शीर्ष चार नेताबीच सैद्धान्तिक सहमति भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडलबीच सांगठनिक एकताका विषयमा सहमति भएको हो ।

शुक्रबार र शनिबारको गृहकार्य पश्चात आजको बैठकले सचिवालय बैठक बोलाउने छ । चार शीर्ष नेताहरुबीच जिल्ला अध्यक्ष र सचिवहरुको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाले आज बस्ने बैठकले प्रस्तावलाई अन्तिम रुप दिने तयारी रहेको छ ।

तत्कालीन एमाले समूहमा एकाता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच सहमति जुटेको थिएन । पछिल्लो छलफलपछि अध्यक्ष ओली सवै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेको छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : २३ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले