कुवेतविरुद्ध नेपाली टोलीको प्लेइङ—११ सार्वजनिक, अजित भण्डारीको डेब्यु | Khabarhub Khabarhub

कुवेतविरुद्ध नेपाली टोलीको प्लेइङ—११ सार्वजनिक, अजित भण्डारीको डेब्यु


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार (आज) कुवेतसँगको अन्तराष्ट्रिय मैत्रिपूर्ण पहिलो खेलका लागि प्लेइङ—११ सार्वजनिक गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनको पहिलो रोजाईमा अजित भण्डारीदेखि लामो समय राष्ट्रिय टोली बाहिर रहेका बिक्रम लामा र रञ्जित धिमालले पनि स्थान बनाएका छन् ।

नेपाल पुलिस क्लबका भरपर्दा डिफेन्डर भण्डारी कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गर्दैछन् । खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेट शुरु हुनेछ ।

महत्वपूर्ण खेलका रुपमा हेरिएको मैत्रिपूर्ण खेलमा जसरी भएपनि जित्ने लक्ष्य रहेको प्रशिक्षक कालिनले बताइसकेका छन् । टोलीको कप्तान विराज महर्जनले गरेका छन् भने फरवार्डमा नवयुग श्रेष्ठ र भरत खवास मैदान उत्रिनेछन् ।

नेपाली टोली

गोलकिपर : किरण कुमार लिम्बु

डिफेन्डर : विराज महर्जन (कप्तान) , देवेन्द्र तामाङ्, अजित भण्डारी, रञ्जित धिमाल

मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, सुमन लामा

फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ७ : १२ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा