सरकारले विकासमा पक्षपात गरेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप | Khabarhub Khabarhub

सरकारले विकासमा पक्षपात गरेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहजिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् ।

उनले शुरु भएका विकास योजनाको बजेट पनि सरकारले कटौती गरेको बताए । अहिले दुईतिहाइ मतसहितको सरकार भएपनि विकासका क्षेत्रमा काम गर्न नसकेको पौडेलको आरोप छ ।

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने पुलको शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताए।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गरे।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ८ : २५ बजे

व्यासका एक सय किसानलाई पशुपालन तालिम

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका