आजको मौसम : हिमपात हुने र पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : हिमपात हुने र पानी पर्ने सम्भावना


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायूको प्रभाव जारी रहँदा आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी/हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना देखिएको छ । हिउँदको पानी र हिमपातका कारण चिसो बढ्ने महाशाखाको अनुमान छ ।

तीन दिनको मौसम पूर्वानुमान
पुस ५ गते (शनिबार)

दिउँसो: देशको पश्चिमि भू-भाग लगायत मध्य तथा पूर्वी पहाडि भु-भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पुस ६ गते (आइतबार)
दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

पुस ७ गते (सोमबार)
दिउँसो:  देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : १४ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त