आर्यनको ‘चच हुई’ लाई मल्टिप्लेक्समा न्यून शो ! | Khabarhub Khabarhub

आर्यनको ‘चच हुई’ लाई मल्टिप्लेक्समा न्यून शो !


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भोलि शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘चच हुई’ ले मल्टिप्लेक्समा पर्याप्त शो पाउन सकेको छैन । बिहीवार नै बूकिङ खुला गरिएको फिल्मले मल्टिप्लेक्स हलमा न्यून शो पाएको हो ।

आर्यन सिग्देल र मिरुना मगरको आशा गरिएको फिल्मले क्युएफएक्स सर्कलमा शुक्रवार काठमाडौं उपत्यका भित्र जम्मा ५ शो पाएको छ भने नेपालभर १३ शो पाएको छ ।

यस्तै कमलपोखरीको बिग सिनेमाजमा फिल्मले २ शोज पाएको छ । गोंगबुस्थित बीएसआर मुभिजले पनि फिल्मलाई जम्मा २ शो दिएको छ ।
राजधानीमा मल्टिप्लेक्सका हिसाबले सबैभन्दा धेरै व्यापार गर्ने हल क्युएफएक्स चेन हो ।

राजधानीका अन्य मल्टिप्लेक्स हलमा पनि फिल्मले न्यून शो पाएको छ । मल्टिप्लेक्स हलले धेरै शो हिन्दी चलचित्र ‘पागलपन्ती’ लाई दिएका छन् ।

साम्तेन भुटियाले निर्देशन गरेको यो फिल्ममा आर्यन, मिरुना, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : ४९ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका