नेपालले म्यानमार र इङ्ग्लिस क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने | Khabarhub Khabarhub

नेपालले म्यानमार र इङ्ग्लिस क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप छनोट खेलिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इङ्ग्लीस सी डिभिजन क्लबसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।

नेपाली टोलीले म्यानमारको राष्ट्रिय फुटबल टोलीसँग नोभेम्बर ७ मा उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपालले नोभेम्बर १९ मा कुवेतविरुद्ध खेल्नु अघि एक र २०२० मा एक गरी २ अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने जनाएको छ ।

नेपालले नाभेम्बर १९ मा दशरथ रंगशालामा कुवेतविरुद्ध फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको छनोट खेल खेल्नेछ ।

दोस्रो मैत्रीपूर्ण खेलमा भने २५ मे २०२० मा सि डिभिजन इङ्ग्लिस क्लबसँग खेल्ने जनाएको छ । खेल इङ्ग्ल्यान्डको एल्डरसुट टाउन फुटबल क्लबको मैदानमा हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ५३ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको