संविधान दिवसले छोएन श्रमिकलाई | Khabarhub Khabarhub

संविधान दिवसले छोएन श्रमिकलाई


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दोस्रो जनआन्दोलनको उपलब्धअनुसार संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ४ वर्ष पूरा भएको छ ।

२०७२ सालको आजैको दिन संविधानसभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको थियो । संविधान जारी भएको दिन असोज ३ लाई प्रत्येक वर्ष संविधान दिवसको रुपमा मनाउन थालिएको छ ।

सरकारले सविधान दिवसका अवसरमा औपचारिक कार्यक्रम गर्दै सावजानिक बिदा दिने गरेको छ ।

सरकारले भव्य रुपमा संविधान दिवस मनाउन आह्वान गर्दै विशेष कार्यक्रमको आयोजना गरेपनि श्रममा घोटिने श्रमिकले नयाँ संविधानले आफूहरुलाई नछोएको गुनासो गरेका छन् ।

लामो समयदेखिको राजनीतिक संक्रमण, अस्थिर राजनीतिक अवस्थाको अन्त्य हुँदै संविधान जारी भएपछि देशका सुशासन कायम हुने अपेक्षा गरेका सर्वसाधारणले नयाँ व्यवस्थासहित नयाँ संविधान जारी भएपनि भनेजस्तो उपलब्धी हुन नसकेको बताए ।

नयाँ संविधान जारी भएसँगै सोही संविधान अनुसार स्थानीय तह, प्रदेश र संघको निर्वाचन भयो र सोही अनुसारका ३ तहका सरकार पनि सञ्चालनको अवस्थामा छन् ।

यसरी संविधान कार्यान्वयनको चरणमा हुँदा संवैधानिक व्यवस्था अनुसार आफूहरुले परिवर्तन महशुस गर्न नसकेको बताउँने श्रमिकले संवैधानिक व्यवस्था अनुसार राज्यले रोजीरोटीको उचित प्रबन्ध गराउनुपर्ने माग पनि गरेका छन् ।

सडकमा काम गरिरहेको भेटिएका केहि श्रमिकलाई हामीले तपाईंले संविधान दिवसबारे के थाहा पाउनु भएको छ भनेर सोधेका थियौं ।

महानगरपालिकाको फोहार उठाउँदै आएका सन्तोष तामाङले नयाँ व्यवस्था ल्याउन लडेको बताउँदै तीतो यतार्थ यसरी पोखे, ‘सर…सविधान दिवस रे भन्ने सुनेको हो । हामी काम गरेर गुजारा चलाउनलाई यस्ता दिवसले के गर्छ । पहिला धेरै राजनीतिक गतिविधिमा पनि हिँडियो । २०६२/६३ सालको जनआन्दोलन पाटीको पछि लागेर हिडंदा प्रहरीको धेरै लाठी खाइयो । आखिर के भयो ।’

सन्तोषले नयाँ संविधान आएपछि श्रमिकका दिन खराब भएको जस्तो लागेको पनि गुनासो गरे । उनले भने, ‘हामी जस्ता जनतालाई राजनीतिक पार्टीले चुनाव र आफनो पार्टीको स्वार्थका लागि प्रयोग गर्छन । सविधान ल्याउन मजदुरले धेरै आन्दोलन गरे । के पाएर । लोकतन्त्र आएपछि महँगी धेरै बढ्यो । काम गरेर खाने वातावरण छैन । दिनेपिच्छे नियम फेरिदाँ हैरान भएको छ ।’

यस्तै, अनामनगरमा भेटिएका तनँहुका विकास गौतम घर निर्माणमा भरियाको काम गदै आएका छन् । गौतमलाई पनि संविधान दिवसले आफूलाई नछोएको बताउँछन् ।

उनले भने ‘सविधान दिवसमा सरकारले हामी जस्ता भरियाको काम गर्ने श्रमिकलाई केही सुविधा दिए हुन्थियो । एक दिने दिवस मनाएर के गर्नु र । २९ दिन काम गर्नुपर्छ । मलाई यस्ता दिवसको कुनै अर्थ छैन ।’

उनले पनि भविष्यको चिन्ताले पिरोल्ने गरेको बताए । ‘पाखुरा बलियो रहुन्जेल त यसो त्यसो गरौंलाई हात बसेपछि के गर्ने होला ? यस्तो अवस्थाका बारेमा पनि यो दिवस मनाउँदा नेताहरुले सम्झिदिए हुन्थ्यो ।’

यस्तै, काठमाडौंको एक सहकारी संस्थामा काम गर्ने गोरखाकी मिना खत्रीलाई पनि संविधान दिवसले प्रभाव नै पारेको छैन । ‘हामी जस्तो अरुको काम गरे पेट पाल्न जनतालाई यस्ता दिवसको के अर्थ । जे दिवस आएपनि काम गर्नैपर्छ । फेरि हामी हेपिएका नागरिकलाई किन चाहियो र सविधान दिवस,’ उनले भनिन, ‘संविधान त ठुलावडालाई हो नि हामी जस्तालाई त उनीहरुले कानून लगाउने मात्रै हो ।’

निर्माण क्षेत्रमा काम गर्ने, फनिर्चर उद्योगमा काम गर्ने, कलाकारखानामा काम गर्ने र अन्य क्षेत्रमा काम गर्ने श्रमिकले पनि संविधान दिवसले आफूहरुलाई कुनै रुपमा पनि नछोएको बताएका छन् ।

नयाँ व्यवस्थाले वैदेशिक रोजगारिको बाध्यता

वैदेशिक रोजगारीमा करिब ४५ लाख नेपाली कार्यरत छन् । उनीहरु रोजीरोटीका लागि विदेशी गएका हुन् । देशभित्र रोजगारीका अवसर नपाएको भन्दै दैनिक ८ सय नेपाली कामको खोजीमा विदेसिने गरेका छन् ।

सरकारले दसकदेखि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाइरहेको छ । २०६२/६३ सालपछि विदेसिनेको संख्या सयौं गुणाले बृद्धि भएको सरकारी तंथ्याकले देखाएको छ ।

आर्थिक वर्ष २०६१/६२ मा करिब १ लाखको हाराहारीमा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । तर, आर्थिक वर्ष २०६२/६३ पछि कामको खोजीमा विदेशीने नेपालीको संख्या वार्षिक रुपमा बढिरहेको छ । १३ वर्षयता विदेसिनेको संख्या सयौं गुणाले बृद्धि भएको सरकारी तंथ्याक छ ।

हाल दक्षिण कोरियामा कार्यरत राजु आचार्य देशमा लोकतन्त्र आएपछि कामको खोजीमा विदेसिने अवस्था आएका बताउँछन् । नयाँ संविधान आएपछि देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छन् भने आस थियो । तर, त्यस्तो भएन । त्यही भएर कामको खोजीमा विदेशीनु परेको आचार्यले बताए ।

सरकारले रोजगारीका अवसर सिर्जना गरेर युवा रोक्ने योजना नभएका कारण अरु देशमा आएर पसिना बगाउनु परेको उनको भनाई छ ।

यस्तै, युएईमा रोजगारीका कार्यरत झापाका किरण लिम्बुले पनि सविधान निर्माण भएपछि देशमा खासै परिवर्तन नआएका बताँउछन् ।

‘सविधान जारी भएपछि कामको खोजीमा धेरै युवा विदेशीएका छन् । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन प्ररेणा गरिरहेका छ । सविधान आएपछि के भयो त । देश छोडनेको संख्या बढ्दै छ ।’ लिम्बुले भने, ‘सविधान त राम्रो बन्यो होला । तर, राजनीतिक कारणले गर्दा कार्यन्वयन भएन । के अर्थ छर यस्तो सविधान दिवसको । जहाँ जतना खुसी छैन । सविधान त एउटा माध्यम मात्र हो । राज्यले काम गर्ने शैली परिवर्तन हुनुपर्छ ।’

आचार्य र लिम्बुसँग हामीले सामाजिक सञ्जालमार्फत कुराकानी गरेका हौं ।

सविधान दिवसको अवसरमा विदेशीमा रहेका कुटनीतिक नियोगले पनि मनाउने गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : ४९ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७