चीनका पूर्व प्रधानसेनापतिलाई जन्मकैदको फैसला | Khabarhub Khabarhub

चीनका पूर्व प्रधानसेनापतिलाई जन्मकैदको फैसला


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– घुस खाएको अभियोगमा चिनियाँ पूर्व प्रधानसेनापतिलाई जन्मकैदको फैसला सुनाइएको छ । पूर्व प्रधानसेनापति फेङ फेङहुईलाई चीनको सैनिक अदालतले घुस प्रकरणमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

चीनको समाचार संस्था सिन्ह्वाले जनाएअनुसार उनले जम्मा गरेको ठूलो परिमाणको धनको स्रोत खुल्न नसकेको र उनले घुस खाएको अभियोग प्रमाणित भएको चीनको सैनिक अदालतले फैसला गरेको हो । उनको अवैध सम्पत्ति सरकारले जफत गर्ने जनाइएको छ ।

भ्रष्टाचार प्रकरणपछि उनलाई सन् २०१७ मा कम्युनिष्ट पार्टीको महाधिवेशनले पदबाट च्युत गरिदिएको गरिदिएको थियो । यस्तै किसिमको भ्रष्टाचार प्रकरणमा मुछिएका अर्का वरिष्ठ सैन्य अधिकारी जाङ याङ्ले सन् २०१७ मा आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ०० बजे

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल