पृथ्वीनारायण शाह आफैंले ‘अपरेसन’ गरेको त्यो युद्ध रणनीति « Khabarhub
Logo
१९ मंसिर २०७८, आइतबार

पृथ्वीनारायण शाह आफैंले ‘अपरेसन’ गरेको त्यो युद्ध रणनीति



यो युद्ध हाल सिन्धुली गढी भन्दा दक्षिण तर्फ भिरालोमा रहेको पौवा गढिदेखि तल सिन्धुली माडी , ढुङ्रेबास बीचको लामो उकालोमा भएको थियो। जसलाई सिन्धुलीको युद्ध भनिन्छ। जहाँ अहिले बनेपा बर्दिबास सडक छ। वि.सं.१८२४ असोज ९ गते (२१ सेप्टेम्वर १७६७ ) मा भएको यो युद्धको करिब ४८ वर्षपछि मात्र मुख्य नेपाल-अंग्रेज युद्ध भएको थियो । यद्यपी, यो युद्ध नै नेपाल र अंग्रेजबीचको पहिलो सैनिक मुठभेर्ट (Military Confortration)भएकोले यसलाई युद्ध हुनुको कारणमा उल्लेख गरिनु पर्दछ भन्ने ठानेकाले यहाँ उल्लेख गरिएको हो ।)

तुलासेनका छोरा हेमकर्ण सेन पृथ्वीनारायण शाहका ससुरा थिए । उनले मकवानपुर गढी, चिसापानी गढी, पौवा गढी, ढुङेगे गढी र कोतहरू बनाए । त्यो बेलामा सिन्धुली क्षेत्र मकवानपुर राज्यअन्तर्गत पर्दथ्यो । पौवा गढी क्षेत्रले दुईटा महत्वपूर्ण क्षेत्र ओगट्छ : सिन्धुलीगढी र पौवा गढी क्षेत्र । सिन्धुली गढी उचाइमा छ । यहाँबाट करिब १ किमी चारैतिर राम्रोसँग देखभाल गर्न सकिन्छ ।

चौबीसे राज्यदेखि काठमाडौका शासकहरूले पनि यो क्षेत्रलाई कब्जामा लिन चाहेको इतिहास छ । यो रणनीतिक हिसाबले एकदमै उचित स्थानमा छ । यो पहाड मधेस जोड्ने मुख्यद्वार जत्तिकै थियो । भारतीय र विदेशीहरू यही बाटो भएर हिड्ने गर्थे किनकि तिव्वत, नेपाल र भारत जाने सबैभन्दा छोटो बाटो नै यही थियो । साथै कुति, तिब्बत जाने प्रमुख बाटो पनि यही नै थियो ।

फौजी अपरेसनको लागि पनि यो महत्वपूर्ण रणनैतिक क्षेत्र थियो । पृथ्वीनारायण शाहले यो क्षेत्रलाई सन् १७६२ (वि.सं.१८१९) मा कब्जा गरे । वास्तवमा दुश्मनहरू पौवा गढी पार गरेर अगाडि बढ्न सकेका थिएनन् । अंग्रेजसँग हुन लागेको युद्धको तयारीका लागि पछि मात्र नेपाली सेनाले सिन्धुली गढी बनायो । नेपाल–अंग्रेज युद्धमा यो निकै काम लाग्यो किनभने यो पूर्वको सेक्टर हेर्ड क्वाटर थियो । यहाबाट कुनै युद्ध भने लडिएन ।

पौवा गढीको पुरानो नाम आढा थियो । यसको अर्थ आक्रमक युद्ध वा हतियार प्रक्षेपणमा सघाउनु भन्ने हुन्छ । भरीया वा भारी बोक्नेहरूले पनि एक दिन भारी बिसाउने कामलाई आड लगाउने पनि भनिन्छ । यसको प्राकृतिक परिवेशले गर्दा थुप्रै पुस्ताका नेपालीहरूले यसलाई प्रयोग गरे । पृथ्वीनारायण शाहले यसलाई नेपालमा गाभेपछि यो किल्लालाई वि.सं.१८०१ पछि विदेशी आक्रमणकारीको प्रतिकारमा प्रयोग गरियो ।

क्याप्टेन किनलकलाई राम्रा हातहतियारले सुसज्जित एक बाहिनी , करिब २४०० जति सेनाहरूको नेतृत्व गराएर गोर्खालीविरुद्ध लड्न पठाइने भयो । अपरेसन शुरु गर्नुभन्दा पहिले उनीहरूले भौगोलिक र प्रशासनिक सुचनाहरू बटुले । राजा जयप्रकाश मल्ल र उनका प्रतिनिधिहरूले उनलाई यसमा सघाए ।

यो पौवागढी भन्ज्याङ्गको डाँडामा भएकोले सेनाको लागि साँघुरो ठाउँ थियो । सेन वंशले शासन गरेको बेलामा सेन प्रशासकले यहा सार्वजनिक पाटी/पौवा बनाएर बटुवा र बास बस्नेहरूका लागि स्थानीय जनतालाई जागिर दिई धेरै टाढादेखि पानी बोकेर ल्याउने व्यवस्था गरिदिएका थिए ।

पृथ्वीनारायण शाहले सन् १७४३ (वि.सं. १८००) मा नेपाल एकीकरणको अभियान शुरु गरेका थिए । उनले नेपालमा रहेको केपुचिन पादरीहरूको मिसनलाई नेपालबाट धपाएर इसाई धर्ममाथि प्रतिबन्ध लगाएका थिए । उनीहरू नेपाललाई ‘Nepaul’ र खुकुरीलाई ‘Kukri’ भनेर उच्चारण गर्थे । पश्चिमी इतिहासमा हामी अझै पनि ‘Nepaul’ र ‘Kukri’ नै भेट्छौ । यो गलत उच्चारण थियो । यही बेलामा उनको एकीकरण अभियान चलिरेको थियो अनि गोर्खालीहरूले काठमाण्डौ उपत्यकामा आर्थिक नाकाबन्दी गर्ने नीति लिए ।

काठमाण्डौ उपत्यकाको दक्षिणी र उत्तरी नाका पहिल्यै बन्द भइसकेको थियो । यस्तो बेलामा इष्ट इन्डिया कम्पनीलाई काठमाडौको बाटो हुँदै तिब्बतसँग व्यापार गर्ने मार्ग खोज्न आतुर थियो । तर यो असम्भव थियो किनभने यो पृथ्वीनारायण शाहको रणनीतिसग मेल खादैन थियो । त्यसैले उनीहरू तिव्वतसग नेपालको व्यापारिक एकाधिकारको इर्ष्या गरिरहेका थिए । त्यसैले उनीहरू सही समयको पर्खाइमा थिए । प्रमुख कारण त पृथ्वीनारायण शाहले काठमाडौमा लगाएको आर्थिक नाकाबन्दीले गर्दा उनीहरूको नेपाल हुँदै तिब्बत र चीनसग व्यापार गर्ने बाटो बन्द भएको थियो । नेपाल आफै पनि काठ, मसला र अन्य वस्तुको राम्रो स्रोत हुन सक्छ भन्ने उनीहरूलाई लागेको थियो ।

अंग्रेज पक्ष
क्याप्टेन किनलकलाई राम्रा हातहतियारले सुसज्जित एक बाहिनी , करिब २४०० जति सेनाहरूको नेतृत्व गराएर गोर्खालीविरुद्ध लड्न पठाइने भयो । अपरेसन शुरु गर्नुभन्दा पहिले उनीहरूले भौगोलिक र प्रशासनिक सुचनाहरू बटुले । राजा जयप्रकाश मल्ल र उनका प्रतिनिधिहरूले उनलाई यसमा सघाए ।

अगाडि बढ्ने नाका तोकियो र Harbouring Point पटना (भारत) र पनौती (नेपाल) लाई बनाइयो । मिस्टर हार्डे 2IC (दोस्रो कमाण्डर) र लजिस्टिक कमाण्डर पनि थिए । जयप्रकाश मल्लले पठाएको सूचनालाई आधार मानेर अंग्रेजहरूले गोर्खाली सेनाको कम मूल्याङ्कन गरे । आफ्नो आधुनिक हतियारमाथि ठूलो विश्वास थियो । रुम्वल्डले समेत नेपाली सेनाको बारेमा लेखेका छन् : ‘सानो फोर्स’ म विश्वस्त छु नै । गोर्खाली राजालाई तह लगाउन काफी छ ।

तेस्रो पक्षको सूचनामा भरपर्नु र शत्रुले शक्तिलाई कम आक्नु नै अंग्रेजहरूको महाभूल थियो । यसले गर्दा युद्धमा ठूलो नोक्सानी भयो । त्यसमाथि अंग्रेज अफिसरहरूलाई समय र भू–भागको मात्र ज्ञान थियो । उनीहरूलाई पहाडी भूधरातलको राम्रो अनुभव थिएन । इष्ट इन्डिया कम्पनीको एउटा कमिटीले १७४६, २१ जुन (वि.सं.१८०३) मा त्यो फौजलाई कान्तिपुर प्रस्थान गर्ने आदेश दियो ।

उनीहरुको रणनीति यस्तो रहेको आकलन गरिन्छ :

(क) तत्कालीन लक्ष्य भनेको कान्तिपुरका राजालाई सैन्य सहयोग दिनु थियो, जो सम्भावित गोर्खाली आक्रमणबाट चिन्तित थिए ।
(ख)जनकपुर–बर्दिबास–सिन्धुलीमाडी–सिन्धुलीगढी–पनौती हुदै कान्तिपुर नाकामा पुग्ने ।
(ग) कान्तिपुर जादा बाटामा हुने नेपाली सेनाको सानातिना आक्रमणलाई विफल पार्ने ।
(घ) अंग्रेजी सेनालाई कान्तिपुरे मल्ल राजाको सहयोगमा स्थानीयबाट रसदपानी उपलब्ध गराउने ।
(ङ) कान्तिपुरमा दह्रो आधार बसाएर तिव्वतमा ब्रिटिस इन्डिया व्यापारको मार्ग खोल्ने ।
(च) थप औपनिवेशिक कदमका लागि बेलायतलाई सुचना उपलब्ध गराउने ।
(छ) गोर्खाली एकीकरण अभियानलाई रोक्ने ।
(ज) कान्तिपुरको आर्थिक मामिलामा अंग्रेज नियन्त्रण कायम गर्ने ।

पृथ्वी नारायण शाहको योजना
यो हमला को योजना राजा पृथ्वी नारायण शाहको उपस्थितिमा कीर्तिपुरमा बनेको थियो । युद्धको दौरानमा पृथ्वी नारायण शाह सिन्धुली गढि भन्दा कारिब ४ किलो मिटर टाढा पूर्वतिर रहेको खनिया खर्क गाउँमा बसेका थिए। जहाँबाट उनले युद्ध सञ्चालन गरे। युद्ध जिते पछि खनिया खर्कका गोदार थापाहरुलाई उक्त सिधुली गढि र पौवा गढि ईलाकाको कमान्डर काजी बनाइ राजा कीर्तिपुर फर्के। ती गोदार थापा र अन्य स्थानीय मगरहरुले अंग्रेजी फौजबिरुद्ध लडेका थिए। ती गोदार थापाका सन्तान हाल पनि सिन्धुली जिल्लामा धेरै छन।

ती मध्ये सेनाका प्रधान सेनापती प्यार जङ थापा, उपरथी कुबेर थापा, उपरथी अनिल जङ थापा, रथी पवन जङ थापा, कर्नेल शिव शरण थापा, कर्नेल अनुप जङ थापा, मेजर प्रलाद थापा, कर्नेल ज्ञान जङ थापा, सहायक रथी सैलेन्द्र शमशेर थापा, उपरथी प्रलाद थापा , शान्ति सेनामा वीर गति पाउने सेनानी (कर्नेल) कबिन्द्र थापा, सहायक रथी निर्मलकुमार थापा, कर्नेल पुरुश्वोतम थापा, कर्नेल नेभेन्द्र जङ थापा, सिन्धुली बजारका दिलिप जङ थापा तथा मनोज जङ थापालागायत खनिया खर्कका गोदार थापा बसेका हुन।

वि.सं.१९७१–१९७४ मा अंग्रेज–नेपाल युद्ध भयो । नेपालले अंग्रेजसँग लडेको पहिलो युद्ध यही नै हो । यस युद्धबाट नेपाली सेनाले करिब ४ सय नाल राइफल, ३ गोटा तोप र अन्य धेरै सैनिक सामाग्री हात पार्‍यो । यो ठूलो उपलब्धि थियो ।

सन् १७६६ (वि.सं.१८२३) सम्ममा गोर्खाले मकवानपुर र कीर्तिपुरलाई जितिसकेको थियो । १७५९ (वि.सं.१८१६) देखि काठमाडौ उपत्यकालाई चारैतिरबाट नाकाबन्दी पनि गरिसकिएको थियो । बंगली नवावले पठाएको गुर्गिन खानको शक्तिशाली सेनालाई गोर्खालीहरूले मकवानपुर गढीमा सन् १७६३ (वि.सं.१८२०) मा परास्त गरेका थिए । गोर्खालीहरूको सैन्य अभियानविरुद्ध तर्सिएका कान्तिपुरका राजा जयप्रकाश मल्ल विदेशी सैन्य सहयोग खोजिरहेका थिए । त्यसैले उनले शेख मुख्तावर उम्दा र फकिर रामदासलाई कुटनैतिक प्रतिनिधिको रुपमा सन् १७६७ (वि.सं.१८२४) मार्चमा इष्ट इन्डिया कम्पनीको प्रतिनिधि गाउल्डिङ्गलाई भेट्न बेतिया पठाए ।

जयप्रकाश मल्ल गोर्खालीको विरुद्धमा लड्नलाई ठूलो सैन्य सहयोग चाहन्थे । उदाउँदो गोर्खाली शक्तिविरुद्ध अभियान चलाउने मौका थियो इष्ट इण्डिया कम्पनीका अधिकारीहरूलाई । गोर्खाली गुप्तचरहरूले जयप्रकाश मल्ल र इष्टइण्डिया कम्पनीबीच भएको सहमति थाहा पाए । त्यसपछि पृथ्वीनारायण शाहले तथा कमाण्डर इन चिफ काजी केहरसिंह बस्न्यातसहित अरु दुई, चार जनालाई पटना पठाएर ‘मल्ल राजालाई सहयोग नगर्नु’ भन्ने व्यक्तिगत सन्देश पठाए ।

अनि उनी आफै पनि सबै कुरा रुमवोल्टलाई बताउन चाहन्थे । तर रुमवोल्टले नेपाली प्रस्ताव अस्वीकार गरिदिए । कम्पनीले जयप्रकाश मल्लको पक्षमा गोर्खालीविरुद्ध सैन्य अभियानको शुरुवात गर्‍यो । आक्रमण अवश्यम्भावी भयो । अनि दुवैतिर यसको तयारी तीव्र रुपमा अगाडि बढ्यो ।

पृथ्वीनारायण शाहको एकीकरणको अभियानकै बेलामा यो युद्ध शुरु भयो । वास्तवमा अंग्रेज फौज कान्तिपुरका राजा जयप्रकाश मल्लको अनुरोधमा उनको राज्य जोगाइदिन कान्तिपुरतिर जादै थिए । कान्तिपुरलाई गोर्खालीको आक्रमणको ठूलो डर थियो । गोर्खाली आक्रमणबाट कान्तिपुरलाई जोगाउने यो फौजको उद्देश्य थियो । अंग्रेजका विरुद्ध गोर्खालीहरूले आक्रमक–रक्षात्मक (Defensive-Offensive)फौजी योजना बनाए ।

पृथ्वीनारायण शाह आफैले अपरेसन सञ्चालन गरे र उनको योजनाको खाका यस्तो थियो :

(क) जनकपुरदेखि सिन्धुलीसम्मको पूरै वस्ती खाली गर्ने । क्याप्टेन किनलकको सेना त्यही बाटो भएर आउनुपथ्र्यो । बाटोमा कोही पनि नभएपछि उनीहरूलाई रसदपानीको समस्या पुग्यो अनि यो एकदमै प्रभावकारी रणनीति सावित भयो ।

(ख) गोर्खालीहरूलाई छापामार युद्धको कठोर तालिम दिइएको थियो । उनीहरूलाई रसदपानीको राम्रो व्यवस्था थियो । म्चथाययम हरूः सातु, खट्टे, सखर, मालपुवा आदि सुख्खा खानेकुराको राम्रो जोरजाम गरियो ताकि केही दिनसम्म खानेकुरा पुगोस् ।

(ग) बन्दुक, धनुकाण, खुकुरी, घुयत्रो र अरु हातहातै प्रयोग गर्ने परम्पारगत हतियारहरू मिसाएर लडाकु पङ्क्ति बनाइयो ।

(घ) कीर्तिपुरलाई युद्धका लागि तयारी गर्ने आधारस्थल (firm base)बनाइयो । पृथ्वीनारायण शाह आफै त्यहा आवश्यक प्रबन्ध मिलाउन गएका थिए ।

(ङ) शुरुमा किनलकको वागमती नदीको लाइनबाट अघि बढ्ने योजना थियो । अर्थात् हरिहरपुग गढी–पनौती हुदै काठमाडौ बढ्ने । त्यसैले त्यसलाई प्रतिरक्षा गर्न लगभग ३०० जति हरिहरपुरको डिफेन्सको लागि पठाइयो । तर पछि त्यो फौज त्यहाबाट गएन ।

(च) सिन्धुलीगढीबाट दुष्मन आउने भएकाले पौवा गढीमा ५ कम्पनी (५००) जना फौज खटाइयो । यसको कमाण्डमा खजाञ्ची विरभद्र उपाध्याय र सिकारी सरदार वंश गुरुङ थिए ।

(छ) सिन्धुली गढी क्षेत्र रणनैतिक हिसाबमा दह्रो आधार थियो । यसर्थ, प्रत्याक्रमण युद्ध (spoiling attack) लड्नलाई वैकल्पिक पोजिसन तोकियो ।

(ज) समग्र योजनाअनुसार क्षति पुग्नेगरी चारै दिशाबाट एकै समयमा आक्रमण गर्ने भइयो । अगाडि बढ्ने दुश्मनाथि आक्रमण तीन दिशाबाट हुने भयो । पौवा गढीमा अगाडिबाट, ढुंग्रे भन्ज्याङ्गमा माझबाट र ढुङ्ग्रेबासमा पछाडिबाट ।

(झ) जंगल र कभरमा एकदम गोप्यसँग लुकेर अन्तिममा Multi ambushको कारवाहीले आक्रमण गरेर उनीहरूलाई अत्याउने योजना बन्यो ।

यसको लागि तलका उपाहरू अपनाइयो :

१. खाद्यान्नको कृतिम अभाव बनाइदिने । त्यसैले जनकपुरदेखि सिन्धुलीमाडिसम्मको भू–भागलाई खाली गराइयो ।

२. पौवा गढी नपुगुञ्जेलसम्म आफ्नो गतिविधि र परिचयलाई गोर्खालीले एकदमै गोप्य राख्ने । यसले गर्दा उनीहरू वेफिक्रिसँग सुविधापूर्वक अघि बढून् ।

३. केही गतिविधि नदेखाएर पौवा गढीमा स्थानीयहरूलाई आउने वातावरण बनाइदिने ताकि उनीहरूलाई किल्ला खाली भएझै लागोस् । यसले गर्दा दुश्मनहरू चनाखो नहुन सक्थे र निस्फिक्री भएर हिंड्न सक्थे ।

४. रासनको अभावले दुश्मनहरू खाना पाउने ठाउमा पुग्नका लागि अलि चाडै अगाडि बढ्न सक्थे अनि थाकेर अलि लापरवाही गर्न हुन सक्थे । कम्पनी सेनाको हिडेको लम्वाई ५ कि.मि. जति थियो । पहाडी र साघुरो बाटोले गर्दा ठूलो लस्कर भएको थियो ।

युद्ध

वास्तवमा कान्तिपुर जादा बाटामा गोर्खालीहरूको निर्णायक आक्रमण खेप्नुपर्ला भन्ने अंग्रेजले सोचेका थिएनन् । उनीहरू मल्ल राजाहरूको एजेन्टको सुचनामा भर परेका थिए । उनले सम्भावित हठात आक्रमणको परिकल्पना पनि गरेका थिएनन् । किनलक १७ अगष्ट १७६७ (वि.सं.१८२४) मा पटनाबाट हिडे । उनको प्रारम्भिक योजनाअनुसारको सुहाउदो लोकेसन उनले भेटेनन् । तर उनका सेनाहरू योजनाअनुसार अगाडि बढ्दै गयो ।

राजा जयप्रकाश मल्लको बाहिरबाट सैन्यसहयोग पाउने सपना पनि चकनाचुर भयो । अंग्रेज सेनालाई यो ठूलो पाठ भयो र नेपाल–कम्पनी युद्धको पहिलो अनुभव भयो । नेपालको सैनिक इतिहासमा पौवागढीको युद्धबाट पछि हुने नेपाल–अंग्रेज युद्धको भौतिक मुठभेडको आधार बन्यो ।

सिन्धुली माडीबाट सिन्धुली गढीसम्म जाने एकदम उकालो १० किलोमिटर बराबरको बाटो छ । समयमै नेपाली (गोरखाली) सेनाहरू योजना मुताविक खटिएका थिए । अग्रपङ्क्तिमा रहेको अंग्रेज फौजको अगाडि–अगाडि भरियाहरू थिए र सहायक कमान्डर हार्डी यिनैसँग थिए । भारतीय भरिया तथा फौज समेत टाउकोमाथि विंडा राखेर भारी बोक्थे ।

जुन पहाडी बाटोमा असाध्यै अप्ठ्यारो हुन्थ्यो । क्पाप्टेन किनलक सेनाको बीचतिर थिए । बिहानको खाना खाइवरी उनीहरू ढुङ्ग्रेवासबाट अगाडि बढेका थिए । अहिले उनीहरू ढुङ्गे डाँडा र पौवा गढीको उकालोतिर थिए । अचानक नेपाली सेनाले अग्र, मध्य र पछाडिबाट एकैसाथ भीषण आक्रमण गर्‍यो । वास्तवमा यो Multiple ambush थियो ।

हतियार र उपकरणमा बलियो नै भए तापनि अंग्रेज सेना यो हठत आक्रमणले अतालियो । उनीहरूले युद्धमा नियन्त्रण गुमाए । थुप्रै अंग्रेज सेना मरे भने कोही जङ्गलतिर भागे । क्याप्टेन किनलक अनुमानित ८०० सिपाहीसहित बाच्न सफल भए । अंग्रेजको यो हारले गोर्खालीको मनोवल उच्च भयो । दुश्मनको हातहतियार र गोलिगट्ठा खोसेर गोर्खालीहरू धनी भए र पृथ्वीनारायण शाहको प्रतिष्ठा अझै बढ्यो ।

अर्कोतिर राजा जयप्रकाश मल्लको बाहिरबाट सैन्यसहयोग पाउने सपना पनि चकनाचुर भयो । अंग्रेज सेनालाई यो ठूलो पाठ भयो र नेपाल–कम्पनी युद्धको पहिलो अनुभव भयो । नेपालको सैनिक इतिहासमा पौवागढीको युद्धबाट पछि हुने नेपाल–अंग्रेज युद्धको भौतिक मुठभेडको आधार बन्यो । त्यसपछि १९१४–१९१६ (वि.सं.१९७१–१९७४) मा अंग्रेज–नेपाल युद्ध भयो । नेपालले अंग्रेजसँग लडेको पहिलो युद्ध यही नै हो । यस युद्धबाट नेपाली सेनाले करिब ४ सय नाल राइफल, ३ गोटा तोप र अन्य धेरै सैनिक सामाग्री हात पार्‍यो । यो ठूलो उपलब्धि थियो ।

डा.बस्न्यात नेपाल अंग्रेज युद्ध को २०० बर्ष नामक पुस्तक का लेखक हुन।


भर्खर

0