अन्तर्राष्ट्रिय लागुऔषध कारोवारीको नेपाल कनेक्सन, ५ वर्षमा ७४१ प्रहरीको फन्दामा | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय लागुऔषध कारोवारीको नेपाल कनेक्सन, ५ वर्षमा ७४१ प्रहरीको फन्दामा



काठमाडौं–विश्वव्यापी रुपमा टाउको दुखाइको विषय बनेको लागुऔषधको प्रयोग, कारोबार र उत्पादन नेपालमा पनि समस्यका रुपमा देखिएको छ । लागुऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकायहरु क्रियाशील रहेपनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको सञ्जाल तोड्न भने चुनौतिपूर्ण बन्दै गएको छ । नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा विदेशी लागुऔषध कारोबारीहरु पक्राउ पर्दै आएका छन् । तर समस्या भने घटेको छैन ।

गत पुस १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडियन नागरिक डेनिस लिपेज २ किलो ९८५ ग्राम लागुऔषध चरेससहित पक्राउ परे । लागुऔषध नियन्त्रण ब्यूरोका डिआइजी दिनेश अमात्यका अनुसार, ह्याण्ड ब्यागमा चरेस राखेर थाइल्यान्ड उड्न लागेका ७५१८९० नम्बरको राहदानीबाहक ६१ वर्षीय डेनिसलाई प्रहरीले चेकजाँचका क्रममा पक्रिएको हो ।

यो त एउटा प्रतिनिधीमुलक उदाहारण मात्र हो । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, सन् २०१३ देखि २०१८ सम्म ५ वर्षको अवधिमा नेपालबाट ७ सय ४१ जना विदेशी नागरिक पक्राउ परेका छन् । जसमध्ये अधिकांश भारतीय छन् । बाँकी पाकिस्तान, चीन, मलेसिया, सोमालिया, बोलिभिया, पोल्याण्ड, टर्की, रसिया, क्यानडा, ब्राजिललगायत ३३ देशका नागरिक छन्।

अफगानिस्तान, पाकिस्तान, सिरिया, इराक, यमन त्यसैगरी अफ्रिकाका देशहरू लिबिया, सुडान, सोमालिया, माली, कंगो लगाएत देशमा भइरहेको गृहयुद्धमा आतंकवाद गतिविधिको लागि हातहतियार खरिदका लागि हेरोइनको व्यापार आर्थिक स्रोत हो ।

कहिले कति विदेशी पक्राउ

प्रहरी प्रधान कार्यालय र लागूऔषध नियन्त्रण व्युरोले दिएको जानकारी अनुसार प्रत्येक वर्ष नेपालमा पक्राउ पर्ने लागूऔषध कारोबारीको संख्या बढ्दो छ। सन २०१४ मा १ सय ५२ जना पक्राउ परेका थिए । सन् २०१५ मा यो संख्या घटेर १ सय २४ पुगेपनि सन २०१६ मा १ सय ३९ जना पक्राउ परे । सन् २०१७ मा यो संख्या बढेर १ सय ५९ पुग्यो । त्यस्तै सन् २०१८ मा मात्र १ सय ६७ जना पक्राउ परेका छन् ।
यसरी ५ वर्षको अवधिमा ७ सय ४१ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नेपाललाई ट्रान्जिट बनाएर लागुऔषध तस्करी गर्दै गर्दा प्रहरीले यी विदेशी नागरिकहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार, लागुऔषध तस्करीको अरोपमा महिलासमेत पक्राउ परेका छन् ।

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै नेपाल

लागुऔषध ओसारपसारका लागि तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएको विश्लेषकहरुको ठहर छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार, खुला सिमानका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणामका लागुऔषध ओसारपसार हुनेगर्दछ।

भारतबाट ब्राउन सुगर, औषधीजन्य लागुऔषध, हेरोइन कोकिनलगायतका लागुऔषध नेपाल आउँछन् । अनि, नेपालबाट गाँजा, चरेश र अफिम ठूलो परिमाणमा भारत तर्फ तस्करी हुन्छ । पूर्वडिआइजी मल्लका अनुसार, अहिलेसम्म अन्तर्राष्ट्रिय तस्करहरुले काठमाडौंलाई नै ट्रान्जिट प्वाइन्ट बनाएका छन् । दक्षिण एसियामा उत्पादन हुने आधिकांश लागुऔषध भारतबाट काठमाडौंको बाटो हुँदै यूरोप र अमेरिकी पुग्ने गरेको छ । कोकिनको तस्करी दक्षिण अमेरिकाबाट मेक्सिको हुँदै उत्तर अमेरिका र कोलम्बियाबाट युरोपमा हुने गरेको छ । तर, पछिल्ला वर्षहरुमा तस्करहरुले कोकीन तस्करीका लागि नेपाललाईसमेत ट्रान्जिट बनाएको भेटिएको थियो ।

लागुऔषधको तस्करीबापत आएको रकम विभिन्न गलत कार्यमा दुरुपयोग भइरहेको छ । युवालाई लतमा फसाएर विभिन्न अपराधिक धन्दामा संलग्न गराउने परिपार्टी पनि बढेको छ।

कहाँ हुन्छ उत्पादन अनि कसले गर्छ प्रयोग ?

लागुऔषध तस्करीमा निकै चर्चा चल्ने अफिम, हेरोइनको खेती मुख्य गरी अफगानिस्तान, पाकिस्तान र इरानमा हुन्छ । त्यस्तै, थाइल्यान्ड, बर्मा र लाओसको सीमा क्षेत्रमा पनि यसको उत्पादन हुने गरेको पाइएको छ । भारत नेपालका केही भू–भागमासमेत अफिम खेती हुँदै आएको छ ।

पूर्वएआइजी देबेन्द्र सुवेदीका अनुसार, अफगानिस्तान, पाकिस्तान, सिरिया, इराक, यमन त्यसैगरी अफ्रिकाका देशहरू लिबिया, सुडान, सोमालिया, माली, कंगो लगाएत देशमा भइरहेको गृहयुद्धमा आतंकवाद गतिविधिको लागि हातहतियार खरिदका लागि हेरोइनको व्यापार आर्थिक स्रोत हो ।

त्यसैगरी कोकिन दक्षिण अमेरिकी देशहरू बोलिभिया, कोलम्बिया, पेरुमा उत्पादन हुन्छ । कोकिन कोकाको पातलाई प्रशोधन गरेर तयार गरीन्छ । कोकिन एकदमै महंगो पर्ने भएकाले धनी राष्ट्रहरूमा तस्करी हुने र धनाढ्य वर्गले प्रयोग गर्दछन् । नेपालमा रहेका दुव्र्यसनीहरुले प्रयोग गर्ने भनेको सेतो हेरोइन, कच्चा खैरो ब्राउन सुगर, गाँजा, चरेस, भाङ, निट्राजेपाम, नाइट्रोसन, कोरेक्स, डाइजेपाम, मर्फिन, मेथाडोन र अन्य मनोदीपक सब्सटान्सहरू एम्फेटामिन, मेथाफेटामिन, एक्सटेसीलगायत नै हो । यी मध्य गाँजा र भाङ नेपालमै उत्पादन भएपनि बाँकी सबै भारतबाट नेपाल भित्रन्छ ।

लागुऔषधको अपराध कनेक्सन

लागुऔषधको कुलत र तस्करीको समस्या नेपालमात्र नभई विश्वकै लागि चुनौतीको विषय बनेको छ । पूर्वएआइजी सुवेदीका अनुसार, लागुऔषध केवल दुर्व्यसनीको समस्या मात्र नभई यो सँग विभिन्न अपराधको कनेक्सन हुन्छ ।

लागुऔषधको तस्करीबापत आएको रकम विभिन्न गलत कार्यमा दुरुपयोग भइरहेको छ । विशेष गरी स्वार्थी समुहहरुले युवा वर्गलाई लागुऔषधको लतमा फसाएर विभिन्न अपराधिक धन्दालाई बढावा दिने काम गरिरहेका छन् । यसका साथै विधिको शासनमाथि दबाब, आतंकवादका लागि खर्च, सत्ता परिवर्तन, भ्रष्टाचारी संस्कारलाई मलजल लगायत आपराधिक घटना पनि लागुऔषध तस्करीसँग जोडिएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : १५ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा