तेस्रो दिन पनि खोजी जारी, कर्णाली नदीमा बेपत्ताहरुको अवस्था अझै अज्ञात | Khabarhub Khabarhub

तेस्रो दिन पनि खोजी जारी, कर्णाली नदीमा बेपत्ताहरुको अवस्था अझै अज्ञात


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंगलबार जीप दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका यात्रुको अवस्था अझै अज्ञात छ । जीप समेत फेला परेको छैन । जीप दुर्घटना भएको तेस्रो दिन आज पनि खोजी जारी छ ।

नदीको बेग र चीसो पानीका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीको प्रयास पनि सफल हुन सकेन । बुधबार सेनाको हेलिकोप्टरबाट घटनास्थल पुगेको गोताखोरको टोलीले खोजी जारी राखेका छ । गोताखोरको १० जनाको टोली र स्थानीले कर्णली नदीमा पटक–पटक खोजतलास जारी राखेपनि बेपत्ताहरुको अवस्था पत्तालागेको छैन ।

‘घटना भएको तीन दिन भयो, अब वेपत्ता यात्रु जीवितै भेटिने आशा कम छ’ हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले भने, ‘बुधबार साँझसम्म खोजी भयो, तर फेला पार्न सकिएन । विहीबार आज पनि खोजी कार्यलाई निरन्तरता दिनेछौं ।’

कर्णाली नदीमा खसेको लु १ ज ७१६६ नम्बरको जीप र त्यसमा सवार यात्रु फला पर्ने आसमा स्थानीय बासिन्दाले खोजीलाई निरन्तरता दिएका छन् ।

पुसमा ट्रयाक खोलिएको सडकमा चैतबाट नियमित जीप सञ्चालनमा हुँदै आएको थियो । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुँम्लामा हेलिकोप्टरमार्फत जिप त्यहाँ पु¥याइएको हो । सिकारुले गाडी चलाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकाी उपाध्यक्ष सिन्धु हमाल, चालक मणिजंग शाही, स्थानीय चन्द्रबहादुर हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्दादेवी सिंह, कौरा दमाइ, उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौं थानकोटका राजु श्रेष्ठ बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ५८ बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले