११ महिनामै स्पेनबाट बिदा भए लुइस इनरिक | Khabarhub Khabarhub

११ महिनामै स्पेनबाट बिदा भए लुइस इनरिक


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनका प्रशिक्षक लुइस इनरिकले २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएको ११ महिनामै पदबाट राजिनामा दिएका छन् ।

व्यक्तिगत कारण देखाउँदै इनरिकले राजीनामा दिएको स्पेनिस फुटबल फेडेरेसनले जनाएको छ ।

इनरिकले राजीनामा दिएसँगै स्पेनको प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक रोवर्टो मोरेनोलाई दिइएको छ ।

पूर्व बार्सिलोनाका प्रशिक्षक इनरिक गएको जुलाईमा स्पेनको प्रशिक्षकमा २ वर्षका लागि नियुक्त भएका थिए ।
तर, गएको मार्चदेखि नै टिमसँगको सम्पर्क बाहिर रहेका इनरिकले पारिवारीक कारण देखाउँदै राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

उनको नेतृत्वमा विश्वकप २०१८ खेलेको स्पेन अन्तिम –१६ बाटै घर फर्किएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ६ : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार