विश्वव्यापीकरणको प्रभावः रोजगारीको दायरा बढेसँगै श्रमिक व्यवस्थापनमा चुनौती | Khabarhub Khabarhub

विश्वव्यापीकरणको प्रभावः रोजगारीको दायरा बढेसँगै श्रमिक व्यवस्थापनमा चुनौती


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापीकरणका कारण रोजगारीका अवसर फराकिलो हुँदै जादाँ श्रमिक व्यवस्थापन गर्ने चुनौती भइरहेको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)को अध्ययनले देखाएको छ ।

श्रमिकको सुरक्षा र व्यवस्थापन गर्न विश्वका सबै देशलाई समस्या भइरहेको अध्ययनले देखाएको हो । सोमबार आइएलओले सयौं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विश्वव्यापीकरणले गर्दा एक देशको नागरिक अर्को देश रोजगारीको खोजीमा जाने क्रम मासिक रुपमा जति बढिरहेको छ त्यति नै चुनौती थपिएको बताए ।

उनीहरुले रोजगारीको खोजीमा एक देशदेखि अर्को देशमा जाने श्रमिकलाई व्यवस्थापन गर्न विश्वका सवै देशले साझा अवधारणाको विकास गर्नुपर्ने तर्क गरे ।

सरकारले आन्तरिक श्रम बजारसँग वैदेशिक रोजगारीमा जाने र नेपाल भित्रने विदेशी श्रमिकको सुरक्षामा विषेश ध्यान दिँदै व्यवस्थापनका लागि काम गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताए । कार्यक्रममा मन्त्री विष्टले श्रमिक देशको आर्थिक विकाससँग जोडिएको विषय भएकाले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी आफ्नो मन्त्रालयलाई थपिएको जनाए।

‘सरकारले विश्वव्यापी मान्यताअनुसार नेपाली श्रमिकलाई रोजगारीको सुनिश्चित, अधिकार सम्पन्न, बिमा र स्वास्थ्य जस्ता विषयलाई अधिकारका रुपमा स्थापित गर्ने काम गरिरहेको छ ।’ मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य श्रम स्वीकृति गरेरमात्र विदेश पठाउने योजना सरकारको छ । पछिल्लो समय श्रम मन्त्रालयले स्रोत देशसँग सरकारीस्तरमा श्रम सम्झौताका लागि पहल भइरहेको छ ।’

विगत केही दशकदेखि आन्तरिक श्रम बजार र वैदेशिक रोजगारीका अवसर निर्माणका लागि सरकार लागिपरेर काम गरिरहेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । उनले भने, ‘प्रविधि र माइग्रशेनका कारण रोजगार र शिक्षाको दायरा फरकिलो हुदै गएको छ । शिक्षासँग रोजगारीका अवसर खोज्न सजिलो भइरहेको छ । जसका कारण कामको खोजीका क्रममा धेरै श्रमिक समस्यामा पर्ने गरेका छन् । यो विषयमा सरकारले विषेश ध्यान दिनुपर्छ ।’

सरकारले वैदेशिक रोजगारीलाई रोक्न भन्दा पनि व्यवस्थापन र सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका देशले कामको सादौवाजीमा विषेश ध्यान दिनुपर्ने, अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक तोमोक निसामोतोले बताए ।

सरकारले देशभित्र काम गर्ने श्रमिकलाई सुरक्षित बनाउन सामाजिक सुरक्षा, रोजगार कार्यक्रम, सहुयलित ऋण जस्ता योजना अघि सारेको अथविद गोविन्द नेपालले बताए । देशको अर्थतन्त्रमा श्रमिकको ठूलो भूमिका हुने भएकाले वैदेशिक रोजगारीका विषयमा सरकार गम्भीर हुनुपर्ने उनको सुझाव थियो । देशभित्र काम गर्ने श्रमिकलाई सहज र सरल जीवनयापनका लागि पनि सरकारले विशेष जोड दिनुपर्ने अर्थविद् नेपालले बताए ।

आइएलओको अध्ययन अनुसार सन् २०३० सम्ममा विश्व श्रम बजारमा ३ करोड ४४ लाख नागरिकका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्ने जनाइएको छ । हाल विश्व बजारमा मौसमी कामदार करिब ३ करोड रहेको र उनीहरुलाई विश्व श्रम बजारमा व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको आइएलओको अध्ययनमा देखाइएको छ ।

रोजगारीका क्रममा सन २०१८ सम्ममा करिब २ करोड ७८ लाख श्रमिक घाइते भएको आइएलओको अध्ययनमा उल्लेख छ । विश्वमा हाल ३ करोड नागरिक रोजगारी र २ करोड आन्तरिक कामदार रहेको अध्ययनले देखाएको छ । हाल, विश्वमा सातामा ४८ घण्टा काम गर्ने ३६.१ प्रतिशत रहेको आइएलओको प्रतिवेदनमा उल्लेख छ । जसमा २० प्रतिशत महिला रहेका छन् ।

विश्वमा मौसमी कामदार (समय) २४ प्रतिशत रहेका छन् । एक देशदेखि अर्को देशमा वार्षिक करिव ३० प्रतिशत कामदार आउने–जाने गरेको आइएलओको अध्ययनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ४७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत