मेक्सिकोमा जथाभावी गोली चल्दा १३ जना मारिए | Khabarhub Khabarhub

मेक्सिकोमा जथाभावी गोली चल्दा १३ जना मारिए


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोको पूर्वी राज्य भेराक्रुजमा एक भोजमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा एक बालकसहित १३ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार पारिवारिक पुनर्मिलनकार्यक्रमको भोज चलिरहेको समयमा मेलाटिटान शहरमा रहेको एक बारका सञ्चालकलाई खोज्दै आएका बन्दुकधारीको समूहले जथाभावी गोली चलाएका थिए ।

गोली लागेर मारिनेमा पाँच महिला र एक बालक समेत रहेको प्रहरीले जनाएको छ । घटनामा चार जना घाइते भएका छन् ।

पछिल्लो समय भेराक्रुज राज्यमा लागूपदार्थ तस्करी गर्ने संगठित अपराधिक समूहबीच बेलाबेला हिंसात्मक घटना हुने गरेका छन् ।

यद्यपि पछिल्लो आक्रमणमा कुन समूहको हात छ भन्ने स्पष्ट भइनसकेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ४१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार